इटहरी । नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ ९फोनिज०सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा चौधरी सर्वसहमतिमा अध्यक्ष निर्वाचित हुनुभएको हो । महासङ्घको उपाध्यक्षमा हिमाल राई, सचिवमा प्रमिला राई, सहसचिवमा रश्मी प्रधान, कोषाध्यक्षमा स्वर्णीम राई सर्वसम्मत निर्वाचित हनुभएको छ । संस्थागत सदस्यद्वयमा वुद्धहाङ लिम्बू, सचिन राई, महिला सदस्यद्वयमा स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु राई, खुला सदस्यहरू शैलेन्द्र चौधरी, धनराज राई, सरिता चौधरी चयन भएका छन् । प्रदेश परिषद सदस्यमा कमला चौधरी, श्रवण चौधरी, मनुका बम्जन, नवराज बान्तावा, सोहन श्रेष्ठ, नरबहादुर लिम्बू९प्रदिप मेन्याङ्बो०, हिन्दुहाङ राई, बिशाल राई, यसोदा सेने, राजकुमारी चौधरी, सुक्रान्त राई, चन्द्रबहादुर पोमो, सुप्रिया राई९कमला० सर्वसम्मत चयन हुनुभयो । यस्तै केन्द्रीय परिषद सदस्यमा धिरेन्द्रकुमार चौधरी, कुलदिप चौधरी, गोपाल देवान, निलिफा सुब्बा, सुम्नीमा राई, जनकऋषि राई, उपेन्द्र चाम्लिङ, श्रीसिशा राई, भोजराज श्रेष्ठ, प्रदिपकुमार चौधरी९बासमैत० र महेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।


