इटहरी । धनकुटाको चौविसेमा खुल्ला पुरुष तथा महिला छैटौ रनिङ चौविसे कप फुटवल प्रतियोगिता हुने भएको छ । चौविसे गाउँपालिकाले पत्रकार सम्मेलननको आयोजना गरी चौविसे कप हुने जानकारी गराएको हो । चौविसे गाउँपालिका–२, मुढेवास स्थित त्रीवेणी खेल मैदानमा आगामी माघ १ गते देखि ४ गतेसम्म हुने भएको हो । प्रतियोगितामा चौविसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८÷८ टिमको सहभागी रहने आयोजक चौबिसे गाउँपालिकाले जनाएको छ । खेलको बिजेता टिमले पुरुषतर्फ ६५ हजार र उपबिजेताले ३५ हजार रुपैया नगद, ट्रफ्री , मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै महिला तर्फ बिजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार नगद ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने चौविसे गाउँपालिका खेलकुद बिकास समिती संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष धनबहादुर लिम्बुले जानकारी दिनुभयो । स्थानीय स्तरमा खेलाडि उत्पादन गर्ने र खेलाडिलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक वर्ष चौविसे गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको संयोजनमा चौविसे कप हुँदै आएको छ ।