इटहरी। जिल्ला प्रशासन कार्यालय मोरङले वर्षौंदेखि नवीकरण नगरी निष्क्रिय बसेका संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । कार्यालयमा दर्ता भएका करिब ४ हजार ६ सय संस्थामध्ये कतिपय पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरी सम्पर्कविहीन रहेको पाइएपछि प्रशासनले दुई महिनाभित्र नवीकरण गर्न कडा निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले असोज १२ गते सूचना जारी गर्दै दुई वर्षभन्दा बढी समयदेखि नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई सूचना प्रकाशित भएको मितिले दुई महिनाभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो । तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही प
इटहरी। तेह्रथुमको आठराई गाउँपालिकाले ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा विद्यार्थीकलक्षित गर्दै नगर बस सञ्चालनमा ल्याएको छ ।पाँचथको फिदिम नगरपालिकासँगको सहकार्यमा यो गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको हो । बस खरिद र सञ्चालनका सबै प्रक्रिया आठराई गाउँपालिकाले अगाडि बढाएको थियो । बस सञ्चालनका लागि गाउँपालिकाले नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत जारी गरेको छ । जुन बसमा ज्येष्ठ नागरिकका ५ वर्ष मुनीका बालबालिका र परिचय पत्र बाहक विद्यार्थीले निशुल्क यात्रा गर्न पाउने बताइएको छ । अपाङ्गता भएका नागरिकले भने भाडामा ५० प्रतिशत छुट पाउनेछन् ।बस शनिबारदेखि सञ्चालनमा ल्याएक
इटहरी। भोजपुरको टेम्केमैयुङ गाउँपालिका(२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान ९चोथोवा० निर्माण गरिएको छ। आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो।धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ। टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए। उनका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संर
इटहरी। पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनस्र्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए ।फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनस्र्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ । फि
इटहरी। खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा ९ख०को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् ।असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा ९ख०को सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् । निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा ९ख०को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, सह(सचिवमा बिजय राई निर्वाचित भएका छन् । सह–सचिव कविता ढकाल पोखरेल भने निर्विरोध चयन भएकी छन् ।यस्तै, प्रदेशसभा ९क०को सभापतिमा राजेन्द्र राई सर्वसम्मत चुनिएका छन् । राई दोस्रो कार्यकालकालागि प्रदेश ९क०को सभापतिमा दोहोरिएका हुन् । प्रदेशसभा ९क०को उपसभापतिमा मनकुमा
इटहरी स् नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को रोकिएको क्षेत्रीय निर्वाचन तत्काल पुनः सञ्चालन गर्न माग गर्दै क्षेत्रीय सभापति पदका उम्मेदवार सुदिप अधिकारीले निर्वाचन समितिमा औपचारिक उजुरी दर्ता गराएका छन्।रोकिएको निर्वाचन पुनः गराउनुपर्ने मागसँगै क्षेत्रीय समिति गठन नहुँदै महाधिवेशन प्रतिनिधि छनोट गरिएको भए त्यसको वैधानिकतामाथि समेत अधिकारीले प्रश्न उठाएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गते इनरुवास्थित सत्य साई पार्टी प्यालेसमा क्षेत्रीय सभापति चयनका लागि मतदान सुरु भएको थियो। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान सुरु गरिएको थियो।
इटहरी स् पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवतीमाथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा भेला भएका गोर्खा समुदायका प्रतिनिधिसमक्ष आरोपित डाक्टरले हात जोडेर माफी मागेको बताइएको छ।घटनापछि आक्रोशित गोर्खा समुदायका मानिसहरू अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए। उनीहरूले अस्पतालमा कार्यरत सम्बन्धित डाक्टरसँग घटनाबारे स्पष्टीकरण माग्दै भविष्यमा यस्तो व्यवहार नदोहोर्याउन चेतावनी दिएका थिए। विरोधका क्रममा डाक्टर मजुमदारले गोर्खा समुदायसमक्ष माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको बता
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। करिब डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीक
इटहरी। कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटेलको प्राङ्गणमा सञ्चालन हुँदै आएको मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ । मेलामा सूचना प्रविधि, हस्तकला, होटेल तथा पर्यटन, प्राविधिक सिप, घरेलु व्यवसाय, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सिपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ । सिप विकासका लागि विभिन्न तालिमका लागि आवेदन दिन सकिने व्यवस्था प
इटहरी। रोजगारीका लागि आवश्यक सीपसँगै कृत्रिम बौद्धिकता ९एआई० को ज्ञान लिनुपर्ने आईटी विज्ञले बताउनुभएको छ ।प्रविधिको विकाससँगै काम गर्ने शैली र रोजगारीको प्रकृति परिवर्तन भइरहेकाले सीपसँगै एआईको प्रयोग पनि सिक्नु पर्ने आईटी विज्ञ दिपेन्द्र चापागाईंले बताउनु भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा आइटी विज्ञ चापागाईंले सो कुरा बताउनुभएको हो । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित ‘सीप तथा रोजगार मेला–२०८३ अन्तर्गत नेपालको श्रम बजार प्रवद्र्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग विषयमा आयोज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.