इटहरी। खोटाङमा नेपाली कांग्रेस प्रदेशसभा ९ख०को सभापतिमा बाजिन्द्र बिष्ट विजयी भएका छन् ।
असोज १७ गते साँझ सम्पन्न निर्वाचनमा २९१ मत ल्याउँदै बिष्ट प्रदेशसभा ९ख०को सभापतिमा बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी नइन्द्र राईले २८१ मत पाएका छन् । निर्वाचन अधिकृत मिलन कसजूका अनुसार प्रदेशसभा ९ख०को उपसभापतिमा ढकबहादुर कार्की, सचिवमा बबिन कटवाल, सह(सचिवमा बिजय राई निर्वाचित भएका छन् । सह–सचिव कविता ढकाल पोखरेल भने निर्विरोध चयन भएकी छन् ।
यस्तै, प्रदेशसभा ९क०को सभापतिमा राजेन्द्र राई सर्वसम्मत चुनिएका छन् । राई दोस्रो कार्यकालकालागि प्रदेश ९क०को सभापतिमा दोहोरिएका हुन् । प्रदेशसभा ९क०को उपसभापतिमा मनकुमार गुरुङ, सचिवमा टेकेन्द्र राई र सह(सचिवमा गोपाल राई सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा ९क०को नेतृत्व सर्वसम्मत चयन हुँदा प्रदेशसभा ९ख०मा भने चुनाव भएको हो । मनोनयनपछि १८ सदस्यीय पुर्याउनेगरि हाललाई ११ सदस्यीय प्रदेशसभाको कार्य समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।


