इटहरी स् मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका र पथरीशनिश्चरेबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ः३० बजे सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चाल
इटहरी स् धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो सोमबार बिहान काजीमाने–धनकुटा भित्री सडकखण्डअन्तर्गत बन्चरेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ब्रेक फेल भएपछि सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रह
इटहरी स् सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरेर निकालिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत यादवको नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा। रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । चिकित्सकका अनुसार यादवको अवस्था मध्यम छ ।प्रहरीका अनुसार यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेक
इटहरी स् राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दाहाललाई आइतबार बिहान पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले साइबर ब्युरोको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको कटवालले बताए । दाहाललाई पक्राउ गरेपछि आवश्यक अनुसन्धानका लागि आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको जानकारी उनले दिए । ‘जहाजमार्फत दिउँसो २ बजे काठमाडौं पठाउने तयारी छ,’ उनले भने । कटवालका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन । दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर
इटहरी। राजनीतिक दलका कार्यक्रम भन्नासाथ सभा, भेला, भाषण र संगठन विस्तारका गतिविधि सम्झिने गरिन्छ ।तर झापाको बाह्रदशी गाउँपालिकामा नेकपा ९एमाले० गाउँ कमिटीले भने राजनीतिक गतिविधिलाई कृषि र उत्पादनसँग जोड्ने फरक अभ्यास थालेको छ । शनिबार बाह्रदशी–५ मा आयोजित ‘गोबर भेला’ त्यसैको एउटा उदाहरण हो । एमाले बाह्रदशी गाउँ कमिटीले बाह्रदशी–५मा अगुवा किसान गंगा काफ्लेले बाँझो जमिनमा तरकारी खेती गरिरहनुभएको छ । सोही जमिनको माटोको उर्वराशक्ति बढाउँदै रासायनिक मल तथा विषादीको प्रयोग घटाएर सकेसम्म प्राङ्गारिक तरकारी उत्पादन गर्ने उद्देश्यले पार्टीले गोबर मल संकलन अभियान अघि बढाएको हो ।शनिबार काफ्लेको घरमा आयोज
इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परि छथ रजोरपाटी गाउँपालिका–३, वस्ने बर्ष बन्दाजी ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले दिनुभयो । उहाँका अनुसार घाइते हुनेहरुमा चालक धनकुटा नगरपालिका–९, स्थित गुठीटार बस्ने ३१ वर्षिया खगेन्द्र खत्री, छथ रजोरपाटी गाउँपालिक
इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजेनिमका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका छन् । खेजेनिमको चवाखु टोलका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका हुन् । खेजेनिम चवाखु टोलका पहिरो प्रभावित परिवार सोही टोलस्थित सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरी बस्न थालेका छन् । पहिरोबाट प्रभावित भएका चवाखु टोलका १० परिवार गत जेठ महिनादेखि एकीकृत बस्तीमा बस्न थालेका फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिनुभयो ।खेजेनिमकै बासिन्दा रहेका गाउँपालिकाका उपाध्यक्ष लिम्बूले चवाखु टोलका पहिरो प्रभावित परिवार सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती निर्मा
इटहरी। स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ । नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए। हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनले बताए ।बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक व
इटहरी स् मोरङको रंगेली नगरपालिका–१ सरदा टोलमा पूजा गरेर बालिएको दियोबाट सल्किएको आगोले किराना पसलमा ठूलो क्षति पुर्याएको छ।प्रहरीका अनुसार शनिबार राति करिब १०ः२० बजेतिर ४५ वर्षीय नरेश चौधरीको पक्की एकतले किराना पसलमा पूजा गर्न बालिएको दियोबाट अचानक आगलागी भएको हो। आगलागीबाट पसलभित्र रहेका विभिन्न सामान जलेर नष्ट हुँदा करिब १० लाख ३९ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगलागीको सूचना पाएलगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। स्थानीय र दमकलको सहयोगमा करिब डेढ घण्टापछि आगो पूर्णरू
इटहरी। जेनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ ।जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका लिम्बू गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि दमक नगरपालिका–६ मा लुकिछिपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउनु भयो ।काभ्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.