इटहरी । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३र८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ ।महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रममा कार्यबाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी व
इटहरी । सप्तकोशी नदीले श्रीलङ्का टापु क्षेत्रमा तीव्र कटान सुरु गरेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षा निकाय संयुक्त रूपमा नियन्त्रणमा जुटेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको प्रत्यक्ष सहकार्यमा बस्ती तथा खेतीयोग्य जमिन जोगाउन आपत्कालीन तटबन्धनको काम तीव्र पारिएको हो। बराहक्षेत्र–६ र ९ स्थित गरैया तथा चिलैया क्षेत्रमा एक सातादेखि कोशीले कटान बढाएपछि कटान रोक्न बराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र बेलकाका नगर प्रमुख अशोक कार्की स्थलगत रूपमै खटिनुभएको छ । दुवै नगरपालिकाले माटो, बोरा र बाँस उपलब्ध गराएका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय बा
इटहरी । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गएको वर्ष भन्दा उत्साहजनक रहेको तथ्यांकले देखाएको छ । केही केही ठाउँ बाहेक धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षेत्रमा पर्याप्त पानी परेका कारण रोपाइँको दरमा वृद्धि भएको हो । कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा हालसम्म ९३ दशमलव ६९ प्रतिशत धान खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।निर्देशनालयका प्रमुख प्रकाश कुमार डाँगीका अनुसार गत वर्ष साउन १८ गतेसम्म ८९ दशमलव ३ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्षको प्रगति गत वर्षको सोही अवधिको तुलनामा झन्डै ४ प्रतिशतले बढी हो । प्रदेशको कुल २ लाख ७६ हजार ३ सय
इटहरी। झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार साउन १८ गतेसम्म जिल्लाको करिब ९४ प्रतिशत धानखेतीयोग्य क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।स्थानीय तहअनुसार सबैभन्दा कम गौरीगञ्ज गाउँपालिका मा ८५ प्रतिशत रोपाइँ भएको छ भने दमक र कन्काई नगरपालिका मा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । बाँकी क्षेत्रमा पनि रोपाइँ तीव्र गतिमा भइरहेको र आगामी हप्ताभित्र जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।झापामा कूल ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत
इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ।गोली लागेपछि गम्भीर घाइते हुनुभएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ९टिचिङ अस्पताल०रेफर गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा शोक छाएको अध्यक्ष मेहताले बताउनुभयो। स्थानीय
इटहरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। गोली लागेपछि गम्भीर घाइते हुनुभएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)रेफर गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा शोक छाएको अध्यक्ष मेहताले बताउनुभयो।स
मोरङ। मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाउनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका–९ निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।उपचारकै क्रममा मंगलबार राति १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजारबाट प्रहरी निरीक्षक सन्तोष कटु
इटहरी : सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई सत्तारुढ दलका केही नेता तथा कार्यकर्ताले आफ्नो लोकप्रियता बढाउने माध्यम बनाएको आरोप लागेको छ। घटनाको गम्भीरतालाई आत्मसात् गर्दै निष्पक्ष छानबिन अघि बढाउनुको सट्टा यसलाई राजनीतिक स्टन्ट र व्यक्तिगत प्रचारप्रसारको विषय बनाइएको भन्दै स्थानिय बलराम मेहताले गुनासो गरेका छन्। घटना भएको लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिनका लागि कुनै आधिकारिक न्यायिक समिति गठन गर्न गम्भीर पहल नभएको स्थानीयको भनाइ छ।पीडित पक्षलाई न्याय दिलाउने र घटनाको वास्तविकता सार्वजनिक गर्ने आवश्यक कदम चाल्नुको सट्टा सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरू बयानबाजी र सामाजि
इलाम। इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा ११ वर्षीय छोरा आहान खत्रीको मृत्यु भएको छ। छोराको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्रीले पनि आत्महत्या गर्नुभएको छ। गुल्मी जिल्ला स्थायी घर भएका आहान पछिल्लो ८–९ वर्षदेखि माईजोगमाई गाउँपालिका–२ स्थित मामाघरमा आमासँग बस्दै आउनुभएको थियो। सोमबार विद्यालयबाट घर फर्कने क्रममा स्थानीय बजुर खोलाले आहानलाई बगाएको थियो। छोराको मृत्यु भएपछि आमा अमृताले आत्महत्या गरेको बताइएको छ । घरबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा अमृता मृत फेला
इटहरी । आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निरीक्षण गर्नुभएको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गोली काण्डपछि उत्पन्न विवाद र आन्दोलनका क्रममा भएको क्षति र अवस्थाका बारेमा मन्त्री मेहताले निरीक्षण गर्नुभएको हो । मन्त्री मेहताले सबैलाई न्याय र आवश्यक राहत, पुनस्र्थापना तथा क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आन्दोलनका व्रmममा भएको क्षति प्रभावित स्थानको स्थलगत अनुगमन गर्दै पीडित घरधनी, व्यवसायी, प्रत्यक्षदर्शी तथा स्थानीयसँग भेटघाट गर्नुभएको छ । अनुगमनका क्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.