इटहरी । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको उल्लेख छ।सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भनेको छ । तोकिएको १५ दिनभित्र मनास
इटहरी : उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कैफियत भेटिएको हो। अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो। तीमध्ये एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको प्रशासनले जनाएको छ। बाँकी ६३ वटा सिलिन्डरको औस
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म
झापा : झापामा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको हो । भारतसँगको खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ती सामान बरामद गरेको जनाएको छ । सोही अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँ मूल्य बराबरको अवैध काठसमेत बरामद भएको छ । काठ ओसारपसारमा प्रयोग भएका आठवटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान
इटहरी । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने विषय पुनः उठाएको छ। प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवंम भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ। त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना स
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा गम्भीर घाइते अमित यादवको बायाँ हात काट्नुपरेको छ। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको अस्पताल प्रशासनले जनाएको छ। घटनाका क्रममा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो। विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो। कप्तानगञ्ज गोलीकाण्डमा घाइते भएका आठ जनाको उपचार अझै जारी छ। तीमध्ये दुई जनाको काठमाडौं र छ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसअघि उपचारकै क्रममा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द
धनकुटा। धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ खाम्बेलाको बारीमा १० जातका कोदो रोपेर परीक्षण सुरु गरिएको हो । एउटै बारीमा फरकफरक जातका कोदो रोपेर वैज्ञानिक अनुसन्धान सुरु गरिएको हो । झट्ट हेर्दा हेर्दा सामान्य कोदो खेतीजस्तै देखिए पनि साना–साना प्लटभित्र कोदो रोपेर अनुसन्धान सुरु गरिएको हो । कुन जातको कोदो यहाँको माटो र हावापानीमा राम्रो हुन्छ ? कुन जातले बढी उत्पादन दिन्छ ? किसानले कुन जात रोज्दा बढी लाभ लिन सक्छन् ? भन्ने बारेमा जानकारी लिन खाम्बेलामा कोदोका १० जातको जातीय परीक्षण सुरु गरिएको हो । स्थानीय समुदायदेखि कृषि
इटहरी : कोशी प्रदेश सरकारले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष पुनः दबाब बढाउने भएको छ । विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय सरकारबाट सम्बोधन हुन नसकेका विभिन्न विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको हो । बैठकले संघीय निजामती सेवा ऐन तत्काल ल्याउनुपर्ने, प्रदेशका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने, प्रहरी समायोजन गर्नुपर्ने तथा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने यातायातसम्बन्धी ट्राफिक जरिवाना प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था गर्नुपर्न
इलाम। इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट रु १४ का दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोप्नुभएको हो । अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उहाँले अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गर्नुभएको हो । राजनीति र उत्पादनलाई सँगसँगै जोडेर लैजानका लागि व्यावसायिक अलैँचीखेती सुरु गरेको उहाँले बताउनुभयो । माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस पटक धानखेती
इटहरी। सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्लासमेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका पाँच हजार ५५४ थान, प्रिमा तीन हजार ८८२ थान, सुगम दुई हजार २५२ थान र रिजालको ग्यास एक हजार ३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात तथा भरण गरेर वितरण गर्दै आएका यी उद्योगबाट पछिल्लो पाँच दिनयता २२ हजारदेखि २६ हजारसम्म सिलिन्डर बजारमा पठाइएको छ । कोशी प्रदेश र मधेश प्रदेशमा पठाइएको सिलिन्डर गत आर्थिक वर्षको साउन महिनाको तुलना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.