धरानः धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् । चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । चिकित्सकहरूको समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएको डा. मधुर बस्नेतले
सुनसरी / चार्ड पर्व नजिकै गर्दा बराहक्षेत्र नगरपालिकाले बजार अनुगमन गरेको छ । बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो ।दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँ जसो उकालो लागेको, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।बुधवार टोलीले वडा नं.११ को मधुवन बजारमा रहेका खाद्यान्न किराना पसल, हार्डवेयर, होटेल, पसलहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रमम
सुनसरी / इटहरी १९ ब्रम्हपुरमा यही कात्तिक १७ गतेदेखि २५ गतेसम्म अल्टिट्युड रनिङ्ग कप हुने भएको छ ।प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख २२ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजार हात पार्ने आयोजकले जनाएको छ । खेल संयोजक मनोज तामाङकाअनुसार २० तोला चाँदीको शिल्ड राखिने अल्टिट्युड क्लबका अध्यक्ष पीताम्बर तिम्सिनाले जानकारी दिए ।हरेक दिनको म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तीन हजार पाँच सयसहित मेडलसमेत प्रदान गरिने जनाइएको छ ।प्रतियोगितामा अफ्रिकन टोलीसहित आठवटा टिम सहभागी हुने क्लबका अध्यक्ष तिम्सिनाले जानकारी दिए । रनिङ्ग कप लगातार तीन वर्षसम्म सञ्चालन हुने उनको विश्वास छ ।पर्यटकीय स्
सुनसरी / कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय गएर दावी पेस गरेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्बालाई मुखयमन्त्री दिने
सुन्दरहरैंचा: युवासंघको अधिवेशनको क्रममा एमाले नेता महेश बस्नेत झापा आउने भनेका छन् । युवासंघ अर्जुनधारा नगरकमिटीको अधिवेशन उद्घाटन गर्न बिहिवार बस्नेत झापा आउने भएका हुन् ।नगरकमिटीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले भने युवासंघ र महेश बस्नेतलाई अवरोध गर्ने तयारी गरेको बुझिएको छ । केहि दिन अगाडी मात्र प्रसाईंलाई काठमाडौको एक होटेलमा मोसो दलिएको थियो । आफुलाई महेश बस्नेतले परिचालन गरेका केटाहरुले आफुमाथि दुर्ववहार गरेको आरोप लगाएका थिए । त्यही बिसयलाई लिएर प्रसाईं समर्थक समुहले झापाको कार्यक्रमा बस्नेतलाई प्रतिरोध गर्न सक्ने भन्दै युवासं
संखुवासभा / मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ गारी प्रहरीले सर्वाजानिक गरेको छ ।जिल्ला अस्पताल खादबारीमा राती अन्दाजी १ बजे संखुवासभा खाँदवारी नगरपालिका वडा नम्बर १ मा रहेको जिल्ला अस्पताल खाँदबारीमा, खाँदबारी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को बिक्रम बिश्वकर्मा, सोही स्थानमा बस्ने वर्ष २८ को आशिष बिश्वकर्मा र खाँदबारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २२ को अनिल बिश्वकर्माले मादक पदार्थ सेवन गरी ड्युटिमा रहेका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गलौज तथा हातपातको प्रयास समेत गरी अभद्र व्यवहार गरेका थिए ।जिल्ला अस्पताल खाँद
सुनसरी / मोरङको रतुवामाई नगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान् चाड विजया दशमी र शुभ दीपावलीलाई लक्षित गर्दै रतुवामाई युनाइटेड क्लबको आयोजनामा कार्तिक १ गतेदेखि ६ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ ।क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै रतुवामाई-७ का मानबहादुर देवानका स्वर्गीय माता पञ्चमाया र पिता तिलक सिंह देवानको स्मृतिमा ‘प्रथम पञ्च तिलक स्मृति कप २०८०’ आयोजना हुने भएको क्लबका महासचिव सुलभ बस्नेतले जानकारी दिए । प्रथम पञ्च तिलक स्मृति कपमा रतुवामाईका १० वडाबाट एक/एक टिमको सहभागिता रहने बस्नेतले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपै
इटहरी / इटहरीमा टिभिएस बाइकको एक्स्चेन्ज मेला भोलि देखि असोज २९ सम्म हुने भएको छ ।इटहरीका लागि आधिकारिक बिक्रेता पारस अटोमोबिल्समा असोज २५ भोलिदेखि २९ गतेसम्म एक्स्चेन्ज मेला थप गरिएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ ।जसअन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका, किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका, हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरिएको पारस अटोमोबिल्सले जनाएको छ ।एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँ सम्मको भ्यालु एडिसनको सुविधा रहेको बताइएको छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्य
मिलन अधिकारी संखुवासभा / संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने ओराङ्ग खोलामा निर्माणधीन झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पा, उपाध्यक्ष मनकला राईले संयुक्त रुपमा रिवन काटेर पुलको औपचारिक रुपमा उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले पुल निर्माणपछि स्थानीयको जनजिविकामा निकै ठूलो सहयोग पुगेको बताए ।जिल्लाको उत्तरीक्षत्रमा पर्ने चिचिला वडानम्बर ४ र ५ को बीचमा रहेको ओराङ्गखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो ठाउँका स्थानियबासि लामो समयदेखि जोखिम मोल्दै बासको फड्के तरेर आवातजावात गर्ने पर्ने ठाँउमा
सुनसरी / एक्टिभ नेपाल विराटनगरको आयोजनामा दुहबी नगरपालिकामा निशुल्क कानुनी घुम्ति शिविर लागिएको छ ।उक्क्त कानुनी घुम्ती शिविरमा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बााएका , पिछडिएका तथा हेपिएका वर्गलाई निशुल्क कानुनी सहायता दिने उदेश्यले दुई दिने निशुल्क कानुनी घुम्ति शिविर आयोजना गरियेको आयोजक सस्थाले जनाएको छ ।शिविरमा उनहरूको समस्या अनुसार वडा कार्यलय ,जिल्ला प्रशासन , प्रहरी अदालत समेत पुर्याएर समस्या समाधानका लागि पहल गर्ने जानकारी सस्थाका कार्यकारी निर्देशक सुमन कार्कीले जानकारी दिनुभयो छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.