संखुवासभा / मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ गारी प्रहरीले सर्वाजानिक गरेको छ ।
जिल्ला अस्पताल खादबारीमा राती अन्दाजी १ बजे संखुवासभा खाँदवारी नगरपालिका वडा नम्बर १ मा रहेको जिल्ला अस्पताल खाँदबारीमा, खाँदबारी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को बिक्रम बिश्वकर्मा, सोही स्थानमा बस्ने वर्ष २८ को आशिष बिश्वकर्मा र खाँदबारी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २२ को अनिल बिश्वकर्माले मादक पदार्थ सेवन गरी ड्युटिमा रहेका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गलौज तथा हातपातको प्रयास समेत गरी अभद्र व्यवहार गरेका थिए ।
जिल्ला अस्पताल खाँदबारीमा समन्वय अधिकृतको रूपमा खटिएका प्रहरी कर्मचारीले सम्झाई बुझाई गर्दा प्रहरी कर्मचारी माथि नै गालि गलौज, धाक धम्की दिई हातपात समेतको प्रयास गरी अभद्र व्यवहार गरेको अवस्थामा यस कार्यालयबाट थप प्रहरी टोली परिचालित गरी, राती बिक्रम विश्वकर्मा र अनिल विश्वकर्मालाई नियन्त्रणमा लिईएको छ ।
अर्को जना प्रतिवादी आशिष विश्वकर्मालाई मिति आज ७ बजे नियन्त्रणमा लिएको हो । पक्राउ परेका उल्लिखित प्रतिवादीहरू उपर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराइएको छ ।


