सुनसरी / चार्ड पर्व नजिकै गर्दा बराहक्षेत्र नगरपालिकाले बजार अनुगमन गरेको छ । 


बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो ।


दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँ जसो उकालो लागेको, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।


बुधवार टोलीले वडा नं.११ को मधुवन बजारमा रहेका खाद्यान्न किराना पसल, हार्डवेयर, होटेल, पसलहरूको अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका ४ बटा पसललाई जरिवाना गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।


अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु, त्यस्तै म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना र दर्ता प्रक्रियामा रहेका व्यवसायहरूलाई आवश्यक सहजीकरण समेत अनुगमनको क्रममा गरिएको उप(प्रमुख नन्दकुमारी सुनुवारले बताइन्।

IMG_20231012_130750