All Posts By कोशी प्रेस

    Showing १-१० of १२,४५५ items.
  • लिदिङ खोला पुल निर्माणमा ढिलासुस्ती, काठको साँघुबाट खस्छन् मान्छे

    इटहरी । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलका नवराज गुरुङ साउन १७ गते लिदिङ खोलाको काठको साँघुबाट भेलमा खसे ।राखाबांदेलबाट ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कतर्फ जानेक्रममा गुरुङ मक्किएको साँघुबाट बाईकसँगै खोलामा खसेका थिए । वर्षामा उर्लिएको भेलले गुरुङलाई बगाउँदै घुम्ती कटायो । बग्दाबग्दै भेलमा हराएपछि सँगैका साथीहरुले मायाँ मारे । तर, करिब तीन सय मिटर तल झरेपछि गुरुङले भेलकोबीचमा रहेको ढुंगा समाए र त्यहीँबाट उद्धारका लागि गुहार गरे । खोज्दैआएका साथीभाइले तानेर खोलाबाट निकाले । गुरुङको क्षतीग्रस्त प्रदेश १–०५–००१ प २९०५ नम्बरको बाइक अहिले खोलाकै किनारमा छाडिएको छ । गुरुङ उपचारका लागि जिल्

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २२ पटक पढिएको
  • ग्यास अभावले तेह्रथुमका होटल व्यवसायी मारमा, केही होटल बन्द

    इटहरी : तेह्रथुमको छथर गाउँपालिकास्थित शुक्रबारे बजारमा सञ्चालनमा रहेका होटल तथा खाजा पसल एलपी ग्यासको अभावका कारण प्रभावित हुन थालेका छन्। खाना पकाउन आवश्यक ग्यास सहज रूपमा उपलब्ध नहुँदा केही होटल बन्द भएका छन् भने सञ्चालनमा रहेका होटलले समेत नियमित सेवा दिन कठिनाइ भोगिरहेका छन्।शुक्रबारे बजार छथर क्षेत्रका स्थानीयको दैनिक किनमेल तथा खानपानको महत्वपूर्ण केन्द्र हो। यहाँका होटल व्यवसाय धेरै परिवारको आम्दानीको आधारसमेत बनेका छन्। तर, ग्यास अभावका कारण चुलो बल्न छाडेपछि व्यवसायीको आम्दानीसँगै बजारको आर्थिक गतिविधिमा समेत असर पर्न थालेको छ। दर्शन होटलका सञ्चालक पृथीकुमार ठकुरीका अनुसार उनको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २१ पटक पढिएको
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान

    इटहरी। कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् । यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो । तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १४ पटक पढिएको
  • सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना

    इटहरी। खोटाङमा सञ्चालित करोडौँ रुपियाँको लोकतान्त्रिक सिँचाइ योजना अलपत्र परेको छ । साढे दुई वर्षमा काम सक्ने गरी २०७६ सालमा सम्झौता भएको उक्त योजनाको सात वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन । पुनः म्याद थप्ने तयारी गरिएको छ ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, वडा नं. ५ सप्तेश्वर छितापोखरीलगायतका खेतमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले वडा नं. ६ छितापोखरी अखटेस्थित टुवाखेलाबाट बतासेसम्म सञ्चालन हुने उक्त योजना निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो । सिँचाइ योजना अलपत्र परेपछि पानीको पर्खाइमा रहेका बतासेका खेत यो वर्ष पनि बाँझै रहने अवस्था आएको छ । आकाशे पानीको भरमा रोपाइँ हुने

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २२ पटक पढिएको
  • मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    इटहरी।  गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको बरन्डामा बसिरहेका मोक्तान रातको करिब १ः०० बजे अचानक आकाश थर्कियो वर्षासँगै आकाशबाट खसेको त्यही चट्याङको चपेटामा परेर घटनास्थलमै उहाँको मृत्यु भयो । त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको पनि मृत्यु भयो

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २२ पटक पढिएको
  • फाल्गुनन्दलाई आइएलआर रेफ्रिजरेटर

    इटहरी। रेबिज संक्रमण फैलिरहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई  रेबिजविरुद्धको खोप सुरक्षित भण्डारणका लागि आवश्यक आइस लाइन्ड रेफ्रिजरेटर (आईएलआर) उपलब्ध भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सिफारिसमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले गाउँपालिकाको पशु सेवा शाखाका लागि एक थान आइएलआर रेफ्रिजरेटर उपलब्ध गराएको हो । आइएलआर खोप सुरक्षित राख्न प्रयोग हुने विशेष प्रकारको रेफ्रिजरेटर हो । निर्देशनालयका निर्देशक डा. सुनिलकुमार अधिकारीले रेबिज नियन्त्रण कार्यक्रमसँगै हाल देखिएको भविष्यमा हुनसक्ने महामारी र नियमित खोप कार्यक्रमका लागि आवश्यक कोल्ड चेन व्यवस्थ

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २३ पटक पढिएको
  • अपाङ्गता भएका युवालाई जलन सचेतना र वित्तीय साक्षरता

    इटहरी: अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा अपाङ्गता भएका युवालाई लक्षित गरी विराटनगरमा जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मूल भावनाका साथ लायन्स क्लब अफ विराटनगर, लायन्स क्लब अफ विराटनगर रेन्बो, लायन्स क्लब अफ विराटनगर मिड सिटी, लायन्स क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ विराटनगर नेक्स्ट जेनेरेसनले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा सहारा नेपाल (थ्री जिरो क्लब) ले प्राविधिक सहयोग गरेको थियो।‘समावेशी समाजको परिकल्पना’ र ‘कोही पनि पछाडि नपरून्’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा अपाङ्गता भएका युवाको उल्लेख्य सहभागिता थियो।  क

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २५ पटक पढिएको
  • सङ्खुवासभामा ग्याँस लिन नागरिकता वा परिचयपत्र अनिवार्य

    इटहरी। सङ्खुवासभामा खाना पकाउने एलपी ग्याँस अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने निर्णय गरिएको छ । आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो ।बुधबार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ,ग्याँस बिक्रेतासँग बसेको बैठकले जिल्लामा एलपी ग्याँसको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो । बैठकले ग्याँस बिक्री गर्न आधिकारिक अनुमति पत्र प्राप्त गरेका अधिकृत बिक्रेताले मात्र खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ । यसबाट अन

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २३ पटक पढिएको
  • अनलाइन सट्टाबाजी प्रकरणमा झापाका मेचे जेल चलान, गिरी २० लाख धरौटीमा रिहा

    इटहरी : अनलाइन सट्टाबाजीको आरोपमा तीन महिनाअघि बिर्तामोडबाट पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्। मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। अनलाइन सट्टाबाजीसँगै दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता गरिएको थियो। मुद्दाको सुनुवाइका क्रममा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो भने मेचेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। प्रहरीले गिरीलाई बिर्तामोड

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ३९ पटक पढिएको
  • इलाममा राजस्व सङ्कलन आधाले घट्यो, दुई अर्बभन्दा बढी बजेट फिर्ता

    इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा रु ५० करोड ६७ लाख ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो । आव ०८२/८३ मा सङ्घका कार्यालयहरूमार्फत रु ३४ करोड १७ लाख १२ हजार ३९८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा सङ्घका कार्यालयहरूमार्फत रु ८४ करोड ८२ लाख ७६ हजार चार सय सात राजस्व सङ्कलन भएको थियो । त्यस्तै, आव ०८२/

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]