इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको बजाजको ‘दशैं धमाका गेम अफ पावर’ एक्सचेन्ज मेलाको अवधि शुक्रबार सम्म थप गरिएको छ। 

पुरानो मोटरसाइकलको उचित मूल्यांकन गराएर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा सुनसरी सँगै उदयपुर लगायत विभिन्न स्थानबाट ग्राहकहरू पुराना मोटरसाइकल लिएर पुगिरहेका छन्। पुरानो मोटरसाइकलको मूल्यांकन गराउने, एक्सचेन्ज सुविधा लिने र नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ। दशैंमा नयाँ मोटरसाइकल चढ्ने चाहना राखेका ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको मेलामा पुरानो मोटरसाइकलको उच्चतम मूल्यांकन, न्यूनतम ईएमआई, तत्काल फाइनान्स सुविधा र निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको छ।

मेलामा आएका ग्राहकले पुरानो मोटरसाइकलको मूल्यांकन गराएर आफूलाई मनपर्ने नयाँ बजाज मोटरसाइकल छनोट गर्न सक्नेछन्। दशैंको किनमेलसँगै नयाँ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकका लागि मेला आकर्षक गन्तव्य बनेको छ । मेला सञ्चालक जयन्त सन्थलियाका अनुसार ग्राहकलाई पुरानो मोटरसाइकलको उचित मूल्यांकन सहित नयाँ मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले मेला सञ्चालन गरिएको हो। ग्राहकको उत्साहजनक सहभागिताका कारण मेलाको अवधि शुक्रबार सम्म थप गरिएको हो।  

बजाजको ‘दशैं धमाका गेम अफ पावर’ एक्सचेन्ज मेलामा सहभागी भई पुरानो मोटरसाइकल एक्सचेन्ज गरेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकले इटहरी पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडिको मेला स्थलमा पुगेर उपलब्ध सुविधा तथा अफरबारे जानकारी लिन सक्नेछन्।