इटहरी स् झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बुधबार राति करिब ९ः३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका–१२, सरेडाँगीका करिब २७ वर्षीय तीलकुमार पुरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारकै क्रममा राति करिब १०ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


