इटहरी। धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको सिलिचुङ गाउँपालिका घर भई हाल धरान–८ भोटेपुल बस्ने ३८ वर्षीय विकास राई, बरगाछी बस्ने रिना राई, उनका २२ वर्षीय छोरा देवराज र देवराजकी श्रीमतीबीच सामान्य पारिवारिक विषयमा वादविवाद भएको थियो।
झैझगडा भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरू चारै जनालाई नियन्त्रणमा लिएको थियो। चारै जनालाई हाल इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


