इटहरी । मोरङको सुन्दरहरैँचा–११ बेलेपुरस्थित साधना संगम भजन कीर्तन मण्डलीको आयोजनामा वडा सञ्जालको मासिक भजन कार्यक्रम सम्पन्न भएको छ । 

धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय भजनप्रेमीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, सुन्दरहरैँचाका निवर्तमान नगर प्रमुख शिवप्रसाद ढकालले यस्ता धार्मिक ,सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक सोचको विकास गर्न सहयोग पु¥याउने बताउनुभयो।

सोही अवसरमा संस्थालाई निःस्वार्थ भावले आर्थिक, भौतिक तथा सामाजिक योगदान पु¥याएको भन्दै विशिष्ट अतिथि एवम् स्वतन्त्र नागरिक समाजका अध्यक्ष नेत्रप्रसाद चम्लागाईंलाई सम्मान–पत्र प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै चम्लागाईंले  आगामी दिनमा पनि समाजोपयोगी काममा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

मण्डलीकी अध्यक्ष तारा पोखरेलले यस अभियानलाई अझ व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो भने सचिव निरु बजगाईंले भजन मार्फत समुदायमा सकारात्मक ऊर्जा र भाइचारा फैलाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो । स्थानीय भजनप्रेमीहरूले सामूहिक भजन–कीर्तन प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।