इटहरी । बर्सौंदेखि जमिन नै भासिने र बग्ने समस्या हुँदै आएको मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामाथि राजदुवाली–भन्ज्याङ सडकखण्ड यात्रुु र सवारीका लागि अत्यन्तै कष्टकर बनेको छ । पानी पर्नासाथ पहिरोको जोखिम बढेपछि यो खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था छ ।
राजदुवाली–भन्ज्याङ सडकखण्डको विकल्पमा रहेका सिमल गोलाई–तिल्केनी कच्ची सडक र केचना–कञ्चनजङ्घा सडक पनि अहिलेसम्म सहज सञ्चालनको अवस्था छैन । यता राजदुवाली खण्ड बन्द भएपछि सिमल गोलाई–तिल्केनी सडकलाई नै सञ्चालनमा ल्याइएको छ । यो सडकमा पर्ने जोगमाईखोलामा डाइभर्सन बनाएर यातायातलाई सञ्चालन गरिएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुुभयो । राजदुवाली खण्ड भरपर्दो नभएपछि केचना–कञ्चनजङ्घा सडकलाई सञ्चालनमा ल्याउने अर्को प्रयास भइरहेको प्रजिअ ढकालको भनाइ छ । बेलासेस्थित माईखोलामा निर्माण हुँदै गरेको बेलिब्रिज अबको पाँच दिनभित्र निर्माण सकिने भएकाले सो सडकमा पर्ने पुवाखोलामा पनि डाइभर्सनको काम सुुरु गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिनुुभयो ।
यस पटक पुवाखोलामा हाइड्रोपावरमा प्रयोग गरिने पेनस्टक पाइपको प्रयोग गरी डाइभर्सन बनाउन सुुरु गरिएको भट्टराईले जानकारी दिनुुभयो । यहाँ पनि बाढीले डाइभर्सन बगाउनासाथ पुनः अर्को डाइभर्सन बनाएर यातायात सञ्चालन गर्ने विकल्पमा पुगिएको प्रमुख जिल्ला अधिकारी ढकाल बताउनुुहुन्छ । राजदुवाली सडकखण्डमै सवारी रोकिएपछि तत्कालका लागि इलाम बजारमा खाना पकाउने ग्यास र सवारी इन्धन भने अभाव रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले जानकारी दिनुुभयो । बजारमा ग्यास र सवारी इन्धन अभाव हुन नदिन सिकल गोलाई–तिल्केनी सडकमा सञ्चालन हुुन सक्ने २० फिटे सवारीमा ग्यास र इन्धन पठाउन झापास्थित विव्रmेतालाई भनिसकिएको प्रजिअ ढकालले जानकारी दिनुुभयो । प्रजिअ ढकालले वैकल्पिक सडक खोल्ने प्रयास गरिए पनि राजदुुवाली सडकखण्डमा भइरहेको मर्मतको काम पनि जारी रहने बताउनुुभयो । मुख्य राजमार्गसहित वैकल्पिक सडक पनि भरपर्दो नभएपछि माईखोलापारिको इलाम, पाँचथर र ताप्लेजुुङसम्मलाई ठुलो असर पुुगेको यातायात व्यवसायी ग्रीष्म सुुब्बाले बताउनुुभयो । “बर्सौंदेखिको राजमार्गको यो समस्या इलामवासीले नउठाएको होइन । यसअघिका सरकारलाई पनि पटक पटक आग्रह गरिएको हो । यसअघि सुुशीला कार्की नेतृत्वको सरकारले त इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त जिल्ला पनि घोषणा गरेको हो । त्यो घोषणा कागजमै सीमित भयो ।
गएको असार पहिलो साता इलाम आएका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले मेची राजमार्गलाई बर्सातका समयमा पनि सञ्चालनमै राख्न निर्देशन दिनुुभएको थियो तर मन्त्रीको निर्देशन भएपनि पहिरोका कारण राजदुवाली खण्डको अवस्था धेरै कष्टकर रहेको र तिल्केनी–सिमल गोलाई सडक मर्मतका लागि केन्द्रबाट कुनै पनि बजेटको व्यवस्था नगरिएको सडक डिभिजन प्रमुख भट्टराईले बताउनुुभयो । यो वर्षाको समयमा ठुलो पानी निरन्तर परिरहने हो भने इलाम, पाँचथर र ताप्लेजुुङका लागि सडकमार्ग अलग बन्दै गएको सरोकारवाला बताउँछन् ।


