इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
जेठ १३ गतेदेखि सुरु भएको तालिम कार्यपालिका सदस्य तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्य भिमा कुमारी तुम्बाहाम्फेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष माधव कोइरालाको प्रमुख अतिथ्यतामा गरिएको छ । प्रशिक्षकद्वय सिमा बस्नेत र विकल पौडेलले सहजीकरण गर्नुभएको यस तालिममा ४० जना भन्दा बढीको सहभागिता रहेको थियो।
उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेकोले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्न बजेट विनियोजन गरी कार्यक्रम आयोजना गरिएको कार्यपालिका सदस्य भीमा तुम्बा आम्फेले बताउनुभयो।
तालिमले महिला तथा पुरुष दुवैको क्षमता विकासमा महत्त्वपूर्ण सहयोग पु¥याउने कुरामा जोड दिँदै प्रमुख अतिथि एवं वडा अध्यक्ष माधव कोइरालाले आगामी दिनमा नेतृत्व विकास जस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने बताउनुभयो।
प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङले विभिन्न स्थानहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । उद्घाटन कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरू दुर्गा बहादुर खत्री र चम्पा माया बिक, वडा सचिव गोपाल कोइराला लगायत विभिन्न जनप्रतिनिधि, कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


