इटहरी । पाँचथरको फिदिम नगरपालिका–८, मान्द्रेभिरमा मोटरसाइकल दुर्घट्ना हुँदा युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा फिदिम–८ का ३३ वर्षीय दिपेन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङ फिदिम नगरपालिका–८, इथुङदेखि घुमाउने टारस्थित घरमा आउँदै गर्दा बुधबार साँझ दुर्घटनामा पर्नुभएको थियो ।

नम्बर एकिन नभएको अनटेस्ट मोटरसाइकलमा सवार गुरुङको मोटरसाइकलसँगै भिरमा खस्दा घट्नास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेका गुरुङको शव उद्वार गरी राति १ बजे पाँचथर अस्पतालमा ल्याइएको छ । मोटरसाइकल अझै पनि भिरबाट निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिनुभयो ।