इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१० प्रकाशपुरमा लागुऔषध बेचबिखन तथा दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित ¥याली सम्पन्न भएको छ ।
प्रकाशपुर बाल सञ्जाल को आयोजना, बराहक्षेत्र वडा नं. १० कार्यालय को संरक्षण तथा द पालुवा एकेडेमी को सहकार्यमा सम्पन्न कार्यक्रममा करिब ३ सय जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरूले “लागुऔषधमुक्त समाज आजको आवश्यकता” लगायतका नारासहित बजार तथा विभिन्न क्षेत्र परिक्रमा गर्दै लागुऔषधविरुद्ध सचेतना सन्देश प्रवाह गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा प्रहरी चौकी प्रकाशपुर को विशेष उपस्थिति एवं सहयोग रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार युवापुस्तालाई लागुऔषध दुव्र्यसनबाट टाढा राखी सभ्य, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।


