इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्षेत्री,उपाध्यक्ष मानबहादुर राजवंशी, कोषाध्यक्ष प्रेम लामा ,सचिव सुरज लामा ,सहसचिव मदन बस्नेत,सदस्यहरू बहादुर तामाङ, किशोर खत्री, सन्जित भिख, बिनोद गुरुङ लगायत करिब ६० जनाभन्दा बढीको कार्यक्रममा उपस्थिति रहेको थियो।

नव–निर्वाचित पदाधिकारीहरूले क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै युवाहरूलाई साइक्लिङ मार्फत स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने तथा वातावरण संरक्षण र सामाजिक सचेतनामा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। क्लबले आगामी दिनमा नियमित साइक्लिङ कार्यक्रम, जनचेतनामूलक अभियान तथा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ ।