पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

alt

पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।  आइतबारको खेलमा जित हासिल गर्दै समूह बि बाट न्यु स्टार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेसँगै  सेमिफाइनल खेल्ने सबै टिमको टुङ्गो लागेको छ ।  

समूह ए बाट यस अघि नै टेन नवोदय र शिखर एफसी सेमिफाइनल प्रवेश गरिसकेको छ भने समूह बि बाट न्यु स्टार र द रियल ब्रदर्श सेमिफाइनल खेल्ने भएका हुन । 

द रियल ब्रदर्शले सोमबार देविगञ्ज एफसिसँग खेल्नेछ । सो खेलको परिणामले रियल ब्रदर्शको सेमिफाइनल यात्रामा कुनै असर पार्ने छैन । तर आजको खेल केबल समूह विजेता वा उपविजेता बन्ने भन्नेमा केन्द्रित हुनेछ ।  

टेन नवोदय र शिखर एफसि समूह ए बाट क्रमश समुह बिजेता र उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् । 

आइतबारको खेलमा पराजित बनेको सिरिजङ्गा प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको खेलमा न्यु स्टार एफसीले २-१ गोल अन्तरले सिरिजंगा एफसीलाई पाखा लगाए पछि सिरिजंगा लिगबाट बाहिरिएको हो । 

पहिलो हाफमा खेलको ९ औ मिनेटमा सिरिजंगाका  सफल आङ्बोहाङ्ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ३८ औं मिनेटमा न्यु स्टारका  समीर मगरले १ गोल फर्काएपछि खेललाई बराबरी बनाएका थिए । खेलको अतिरिक्त समयमा सिरिजङ्गाका गोल रक्षक अगाडि बढेको अवस्थामा विपक्षीका फर्वाड जुनियर सावाँले खाली पोष्टमा गोल लगाएका थिए ।  

 खेलको म्यान अफ द म्याच न्यु स्टारका अमर याक्खा घोषित भएका थिए । याक्खालाई कार्यक्रमको प्रमुख अतिथि स्थानिय राजनीतिककर्मी युवराज बास्कोटा, खेल आयोजक समितिका अध्यक्ष सन्जीव गिरी, दिपक पुलामीले ट्रफी, मेडल र ३ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

    झापाको बिर्तामोड नगरपालिकाका नौ सवारी चालक निष्कासित, पुनर्बहालीको माग गर्दै आन्दोलनको चेतावनी झापाको बिर्तामोड नगरपालिकाका नौ सवारी चालक निष्कासित, पुनर्बहालीको माग गर्दै आन्दोलनको चेतावनी

    इटहरी स्  झापाको बिर्तामोड नगरपालिकाले करारमा कार्यरत नौ जना सवारी चाल ...

    धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

    इटहरी स् प्रहरी र स्थानीय तहले लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्द ...

    झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी स् झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलमा मोटरसाइकल दुर्घटना हुँ ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]