के तपाइको बच्चा बिना कारणै रुने गर्छ ? के तपाइको बच्चा बिना कारणै हास्छ ? के तपाइको बच्चा आखा जुदाएर हेर्दैन ? के तपाइको बच्चा बोलाउदा वास्ता गर्दैन ? के तपाइको बच्चा राम्रो सग बोल्दैन ? के तपाइको बच्चा एक्लै खेल्छ ? के तपाइको बच्चा इसारा गरेर माग्छ ? साबधान तपाइको बच्चामा समस्या छ ।चाडो गरियो भने धेरै सुधार गर्न सकिन्छ । परिवारले नबुझेर र अरुका कुरा सुनेर तथा यस्तै हो कसैको ढिलो हुन्छ भन्दै बस्ने गर्नाले ढिला हुन गई उपचारमा कठिनाई हुने गर्दछ । अटिजम एक दिमागीय क्रमभंग भ
स्वास्थ्य क्षेत्रमा स्थापित विभिन्न पेशा मध्येको एक हो नर्सिङ पेशा। पहिले पहिले छोरी बिग्रिए नर्स भन्ने गरिन्थ्यो भन्ने कुरा बुबा, आमा, हजुरबुबा र हजुरआमाबाट अहिले पनि सुन्न पाइन्छ। महिलाहरुको पढाइमा अग्रसरतासँगसँगै आज नर्स (नर्सिङ) पेशा धेरैको रोजाइमा पर्न सकेको छ। तर धेरैको रोजाइमा परे तापनि यसले आफ्नो मूल्य भने उठाउन सकिरहेको छैन। प्रसङ्ग कोभिड–१९ को मारामारीको हो। अहिले हरेक पत्रिकाको कुनामा, सामाजिक सञ्जालमा नर्सिङको विज्ञापन देख्न सकिन्छ। विज्ञापन देख्दा अष्ट्रेलिया, अमेरिका, दुबई, युके, क्यानडा इत्यादि जाने नर्सहरुलाई बोलाए पनि यहाँका विज्ञापनको पूर्ति हुन सक्दैन होला जस्तो लाग्छ।
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा 'एन्टी अक्सिडेन्ट'को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र 'गाउट' भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एम
इटहरी । अपाङ्गता भएका मानिसहरु विच खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता हुने भएको हो । ह्वीलचियर रनका विषयमा जानकारी दिने उद्धेश्यले फलैचा क्याफेमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा अपाङ्गता खेलकुदको सुरुवातसगै विकास गर्दै लैजाने , अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी गराउन सहयोग पुर्याउने उद्धेश्यले ह्वीलचियर रन प्रत
राम्रो स्वास्थ्यको लागि निद्रा अनिवार्य छ। निद्रासँग नजिकको सम्बन्ध छ स्वास्थ्यको। निद्राको कमीले हामीलाई धेरै गम्भीर रोगहरूको जोखिममा पार्न सक्छ। हाम्रो खानपानले हाम्रो निद्रामा पनि असर गर्छ। हामी दिनहुँ यस्ता धेरै खानेकुरा खान्छौं, जसले हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ। यसले हाम्रो निद्राको चक्रलाई लामो समयसम्म बाधा पुर्याउन सक्छ। सुत्नुअघि के खाने? के नखाने? निद्राको लागि यी खानेकुराबाट बच्नु जरुरी छकफी- कफीलेले तपाईंको निद्रालाई गम्भीर रूपमा बाधा पुर्याउन सक्छ। यो तत्व कफी, चिया र डार्क चकलेटमा पाइन्छ।टमाटर- टमाटरले एसिडिटी हुन सक्छ। त्यसैले सुत्नुअघि टमाटर
इटहरी,इटहरी उपमहानगरपालिकाको पहिलो कार्यकालका जनप्रतिनिधिले जनता सँग चुनावका वेला गरेका वाचा पूरा गर्ने क्रममा दुईदिनमै छ वटा आधारभूत अस्पताल उदघाटन गरिएको छ । चुनावका वेला सवै वडामा आधारभूत अस्पताल पूरयाउने प्रतिवद्धता गरिएको थियो । सरकारी स्वास्थ्य सस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । धमाधम उदघाटन गरेर सेवा सूचारु गर्ने क्रममा आज वडा नम्वर १०,११ र १३मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरील नवनिर्मित स्वास्थ्य इकाई भवनको उदघाटन गर्नुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक,महिला,वालवालिका लगायतले शहर जानु पर्ने अवस्थाको अन्त्य भएको वत
इटहरी । इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले शिलान्यास गर्नुभयो ।इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गा
अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको हो सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा व
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको नेती फार्मेसीले प्रतिवन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरि सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्माबाट डाक्टरको पूर्जा बिना प्रतिवन्धित औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयाेग कर्तालाई नियन्त्रणमा लिएको हाे । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।सो पसलबाट खरीद गरिएको औषधी पटकपटक दुव्र्यसनमा लागेका युवाहरुसँग भेटिने गरेको प्रहरीले जनाएको छ । यसभन्दा पहिले त्यस्तो औषधी नबेच्नु भनी पसल
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी सस्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो । सो साधारण सभाको अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.