इटहरी   इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम  श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले  शिलान्यास गर्नुभयो ।

इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु नपर्ने वताउनुभयो ।


उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिनुभयो ।आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वासिन्दा उत्साहित वनेको गौतमको भनाई छ ।