इटहरी । मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर शरीरमा आगो लाग्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी रहेकी छन्। उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ७ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार भदौ १५ गते बिहान करिब ६ बजे सुष्मा घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि सल्किएको आगोले उनको शरीरमा आगो लागेको थियो।आगलागीबाट सुष्माको टाउको, अनुहार, बाँया हात तथा दुवै खु
इटहरी स् सुनसरीका अलग(अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो । शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे दुर्घटनामा परेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगा
इटहरी । कृषिकर्मलाई थाती राखेर काठमाडौँ गएका पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ओमनाथ रिजाल पछिल्लो समय थातथलो फर्केर सिउँडी फल ९ड्र्यागन फ्रुट० उत्पादनमा व्यस्त हुनुहुन्छ ।साबिक भारपा गाविसका उपाध्यक्षसमेत रहनुभएका उहाँले पाँच वर्षअघि लगाएको सिउँडी फलले राम्रो उत्पादनसँगै आम्दानी पनि दिन थालेको छ । बाँझिन लागेको पाखा बारीमा रोपिएका बिरुवा वयस्क हुँदै जाँदा उत्पादन पनि वृद्धि हुने गरेको उहाँले बताउनुभयो । कृषिकर्मलाई विस्तार गर्न रिजाल जैविक कृषि फार्म दर्ता गर्नुभएका उहाँले सुरुमा १६ रोपनी जग्गामा परीक्षणका यो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती हाल २० रोपनीमा विस्तार भइसकेको छ । अब खाली रहे
इटहरी। इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गर्ने दुई जना पक्राउ परेका छन्।डिभिजन वन कार्यालय इलामले विशेष सूचनाका आधारमा रुख काटी चिरान गरिरहेको अवस्थामा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मुलाई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सबडिभिजन वन कार्यालय, सुखानीका वनरक्षकसहितको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको वन अधिकृत शर्माले जानकारी दिनुभयो।घटनास्थलबाट साल जातको चार वटा गोलिया र चिरान गर्द
इटहरी। नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो।काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो।काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गरी पत्रकारितामा योगदान पुर्याउनुभएको थियो। उहाँ विगत एक वर्षदेखि गम्भीर बिरामी भई अचेत अवस्थामा रहनुभएको थियो। स्वर्गीय काफ्ल
इटहरी । मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर र तेह्रथुम जोड्ने मोटरेबल पुल नदी कटान र बाढीका कारण जोखिममा परेको छ । पुलको पाँचथरतर्फको भाग ढुङ्गा, बालुवा र लेदोले पुरिँदै गएको छ भने तेह्रथुमतर्फ नदीले पुलको जग आसपास निरन्तर कटान गरिरहेको छ । पुलको मध्यभागमा पानीको बहाव बढ्दा नदी गहिरिने र बाढीका बेला ढुङ्गा, गिट्टी तथा बालुवाले नदीको सतह पुरिने गरेका कारण पिल्लरसमेत जोखिममा परेका छन् ।पुलआसपास नदीजन्य पदार्थ उत्खनन गर्ने व्रmम नरोकिएकाले जोखिम थप बढेको स्थानीयको भनाइ छ । स्थानीय राम माझीका अनुसार पुलको एकातर्फ जग पुरिँदै गएको छ भने अर्कोतर्फ नदी कटान तीव्र भइरहेका बेला दायाँबायाँ एक्साभेटर प्रयो
इटहरी। पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भन्नुभयो “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन् । अन्तर्राष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम न
सुबास घिमिरे। इटहरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा हातेमालो गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।२०८३ भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउनुका साथै आसपासका जिल्लामा समेत जनजीवन प्रभावित बनाएको छ। विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prim
इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित शान्ति टोल विकास समितिको आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शान्ति, पारुहाङ–सरस्वती, साधु र हस्पिटल लाइन टोल विकास समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष सहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा लागुऔषध दुव्र्यसन तथा कारोबार नियन्त्रण समितिका संयोजक एवं वडा सदस्य चन्द्रकुमार राईले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो। अन्तरक्रियामा लागुऔषधको दुव्र्यसन र ओसारपसार न
इटहरी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूका परिवारसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री परियारले बराहक्षेत्र नगरपालिका–५, माझीटोलका बेपत्ता ४७ वर्षीय मोहनलाल माझी र बराहक्षेत्र–३, भरौलकी २२ वर्षीया रुवीना धामीको परिवारसँग भेट गरी सान्त्वना दिनुभएको हो। भेटका क्रममा उहाँले बेपत्ताहरूको खोजी, उद्धार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभयो। बेपत्ता माझी माथिल्लो त्रिशूली चिनियाँ कम्पनीमा सुरक्षा अधिकृत र धामी टिमुरेस्थित एक होटेलमा कार्यरत हुनुहुन्थ्यो। आफन्त बेपत्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.