समाज

    Showing ३१-४० of १०,९८२ items.
  • बराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन तीव्रः म्याद नाघेका सामग्री नष्ट, व्यापारीलाई जरिवाना

    इटहरी । बराहक्षेत्र नगरपालिकाले आउँदो चाडबाडलाई लक्षित गर्दै नगर क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ता अधिकारको सुनिश्चितता, गुणस्तरीय वस्तुको उपलब्धता र मूल्यमा एकरूपता कायम गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाएको हो। यसै क्रममा बुधबार बराहक्षेत्र वडा नं. ६ स्थित चक्रघट्टी बजार क्षेत्रमा रहेका किराना, फेन्सी, हार्डवेयर पसल तथा होटलहरूमा विशेष अनुगमन गरिएको छ  । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ भने नियम विपरीत म्याद नाघेका सामग्री बिक्री गर्ने पसलहरूलाई जरिवाना र सचेत गराइएको छ । अनुगमन टोलीले पसल दर्ता, कानुनी प्रम

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १२९ पटक पढिएको
  • वसन्तपुर बजारमा सामूहिक सरसफाइ अभियान, सडक–नालीबाट हटाइयो अव्यवस्थित सामग्री

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ स्थित वसन्तपुर बजार क्षेत्रमा सामूहिक सरसफाइ अभियान सम्पन्न भएको छ । वडा नम्बर २ को कार्यालयको आह्वानमा सञ्चालन गरिएको अभियानमा प्रत्येक घरधुरीबाट एक जना प्रतिनिधि सरसफाइ सामग्री सहित सहभागी भएका थिए । वसन्तपुर बसपार्कस्थित गुराँस स्तम्भ देखि बजार क्षेत्र सम्म गरिएको सरसफाइका क्रममा सडक तथा नालीमा राखिएका व्यापारिक सामान, निर्माण सामग्री, काठ, दाउरा लगायतका अव्यवस्थित सामग्री हटाइएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । सरसफाइ कार्यक्रममा वडा अध्यक्ष तथा जनप्रतिनिधि, इलाका प्

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७७ पटक पढिएको
  • बिर्तामोडमा आगलागी स् दुई फर्निचर उद्योग पूर्णरूपमा जले, एक जना घाइते

    इटहरी। झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकमा बुधबार बिहान भएको आगलागीबाट दुईवटा फर्निचर उद्योग तथा सोरुम पूर्णरूपमा जलेर क्षतिग्रस्त भएका छन्।प्रहरीका अनुसार आगलागी १३ः०४ बजे पूर्णरूपमा नियन्त्रणमा आएको छ। आगलागीबाट घरधनी देवी लिम्बुका छोरा हर्कजङ्ग सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एन्ड सोरुम पूर्णरूपमा जलेर क्षति भएको छ। त्यस्तै, सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घर भाडामा लिएर दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुमसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।आगलागीका कारण पछाडि रहेका अन्य दुईवटा घरमा समेत आगोको रापले सामान्

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७३ पटक पढिएको
  • आठपहरिया राई समुदायको जीविकोपार्जनसँगै पानीका मुहान संरक्षणमा जोड

    इटहरी।  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको साझेदारीमा मानवअधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र ९हुसाडेक० नेपाल, धनकुटाले सञ्चालन गरेको ‘रिभाइभिङ स्प्रिङ्स एन्ड स्ट्रेन्थेनिङ लाइभलिहुड्स अफ आठपहरिया राई कम्युनिटी थ्रु इको–टेक्नोलोजिज एन्ड ट्रेडिसनल नलेज’ परियोजना सम्पन्न भएको छ ।धनकुटा नगरपालिका–८ मा सन् २०२५ नोभेम्बर २४ देखि सञ्चालन गरिएको परियोजनाको प्रगति समीक्षा तथा समापन कार्यक्रम बुधबार धनकुटामा सम्पन्न भएको हो । परियोजनामार्फत आठपहरिया राई समुदायको जीविकोपार्जन सुदृढीकरणसँगै प्राकृतिक पानीका मुहानको संरक्षण तथा पुनर्जीवन, स्थानीय परम्परागत ज्ञान र सीपको संरक्षण तथा वातावरणम

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १२४ पटक पढिएको
  • अवैध काठ बोकेका दुई वटा ट्रक नियन्त्रण

    इटहरी। अवैध रूपमा काठका गोलिया ओसारपसार गरिरहेका दुई वटा ट्रक प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार बजारबाट नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा प्र। १–०२–००२ ख ०७८८ नम्बर र प्र। १–०२–००२ ख ०००३ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो । दुवै ट्रकमा करिब पाँच–पाँच सय क्युफिट गरी एक हजार क्युफिट काठका गोलिया लोड गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभएको छ ।कर्णका अनुसार जाँचका क्रममा ट्रकमा लोड गरिएको काठको गोलिया निकासीका लागि आवश्यक इजाजतपत्र नभएको पाइएपछि दुवै ट्रक नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ९० पटक पढिएको
  • महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

    इटहरी स् महिला तथा बालबालिकाको हक, अधिकार र न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगाईँको निधन भएको छ ।बजगाईँको असोज २० गते निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिइन् । महिला तथा बालबालिकामाथि हुने अन्याय र विभेदविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै आएकी बजगाईँ सामाजिक न्यायका पक्षमा सक्रिय थिइन् ।  अधिकारकर्मी, न्यायकर्मी तथा समाजसेवीका रूपमा उनले पुर्‍याएको योगदानलाई सामाजिक क्षेत्रका व्यक्तिहरूले स्मरण गरेका छन् ।उनको निधनले महिला तथा बालबालिकाको अधिकार र सामाजिक न्यायका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं। ३ स्थायी

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ६६ पटक पढिएको
  • शिवसताक्षीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका खाद्यवस्तु भेटिए

    इटहरी स् शिवसताक्षी नगरपालिकाले बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर र म्याद जाँचलाई तीव्रता दिएको छ। नगरपालिकाले मंगलबार शिवसताक्षी–१ स्थित धरमपुर बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा समस्या देखिएका खाद्य सामग्री फेला पारेको हो।अनुगमनका क्रममा धरमपुरस्थित कृष्ण किराना एन्ड फेन्सी पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको कुरमुरे फेला परेको नगरपालिकाले जनाएको छ। पसलमा फेन्टा, ढुसी लागेको चना, पान मसला, लेबल नभएको पापडलगायत सामग्री पनि भेटिएका थिए।त्यस्तै कुलुङ होटल, अनिस किराना पसल तथा साया किराना तथा फलफूल पसलमा पनि म्याद गुज्रिएका खाद्य सामग्री

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ७७ पटक पढिएको
  • झापा, मोरङ र सुनसरीबाट ९ लाख बढीका तस्करीका सामान बरामद

    इटहरी। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी तस्करीमार्फत ल्याइएका करिब ९ लाख ३ हजार ४७० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा यात्रुवाहक बसबाट करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरका रजनीगन्धा, चकलेट, नरिवल, काजु लगायतका खाद्यान्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बूढीगंगा गाउँपालिका–५ बाट करिब ४ लाख ९ हजार ४६० रुपैयाँ बराबरका कुर्ता सुरुवाल, बच्चाको जामा, भेस्ट र मोजा बरामद गरेको छ।त्यसैगरी, विराटनगर महानगरपालिका–९ बाट बिलबिजक नभएको ५४० किलोग्राम सुपारी बरामद गरिएको प्र

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ४७ पटक पढिएको
  • विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ

    इटहरी। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।अपराध नियन्त्रण, कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने अभियानअन्तर्गत प्रहरीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङबाट १७ जना, झापाबाट २ जना र धनकुटाबाट २ जनालाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरूबाट ५ वर्ष ७ महिना २ दिन कैद तथा १ लाख ५७ हजार ४ सय रुपैयाँ जरिबाना असुल गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कैदको फैसला भएकालाई आवश्यक प्रक्रिया पूरा गरी सजाय भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १९ पटक पढिएको
  • आन्तरिक रोजगारीमा आकर्षित गर्ने प्रयास

    इटहरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीको विभिन्न नगरपालिका र गाउँपालिका तथा स्थानीय बजार क्षेत्रमा पुगेर युवा तथा श्रमिकसँग भेटघाट तथा छलफल गर्नुभएको छ । युवालाई आन्तरिक रोजगारीप्रति आकर्षित गर्न, श्रमिकको मनोबल उच्च बनाउन तथा स्थानीयस्तरमा रोजगारीका अवसर प्रवर्धन गर्ने उद्देश्यले मन्त्री यादवले विभिन्न क्षेत्रका युवा तथा श्रमिकसँग प्रत्यक्ष भेटघाट र छलफल गर्नुभएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म आयोजना गरेको सिप तथा रोजगार मेला सम्पन्न भए पनि स्थानीयस्तरमा सिप विकास तथा रोजगारी प्रवर्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरत

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]