मोरङ । बुढीगंगा गाउँपालिका मोरङका वडा नम्बर ५ र ७ मा दलित समुदायका महिलालाई केन्द्रित गरी समूह तथा समिति गठन र अन्तरक्रिया कार्यक्रम गरिएको छ। महिलाका इच्छा, आवश्यकता तथा समस्या पहिचान गर्दै उनीहरूलाई महिला सशक्तीकरण, सीप विकास तथा बचत गर्ने बानीसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।अन्तरक्रियामा सहभागी महिलाहरूले आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बन्न सीपमूलक तालिमको आवश्यकता रहेको बताएका छन्। उनीहरूले पालिकाका केही परिवारमा अझै शौचालयको अभाव रहेको भन्दै त्यस्ता परिवारको पहिचान गरी शौचालय निर्माणमा सहकार्य गर्न पालिकासँग माग गरेका छन्।महिलाहरूले स्थानीयस्तरमै रोजगारी तथा आयआर्जन
इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ। विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले धनकुटाको सुन्तला र झापाको चिया बालीमा भएको जस्तै क्षतिबाट जोगाउन हरेक किसानलाई बीमाको दायरामा ल्याएर लगानी र उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान दिँदा पनि बीमाको दायरा बढ्न नसकेकाले व्यापक प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो। मन्त्र
इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसीसी) ५२औँ ब्याच जुनियर डिभिजनका ३० जना क्याडेटहरूलाई शुभकामना सहित बिदाइ गरेको छ। ७९ दिने संस्थागत तालिम पूरा गरेका क्याडेटहरूलाई असोज ८ गतेदेखि मोरङको याङशिलास्थित एनसीसी पूर्वी तालिम शिक्षालयमा सञ्चालन हुने सामूहिक ‘क्लोज क्याम्प’का लागि बिदाइ गरिएको हो।“अनुशासन नै राष्ट्रसेवाको मूल जग हो“ भन्ने आदर्श वाक्य सहित सञ्चालित तालिमले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास, आत्मरक्षा र राष्ट्रप्रतिको दायित्व बोध गराउने उद्देश्य राखेको छ। विद्यालयका प्राचार्य टी.एन. तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अत
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ कसेनीमा लागूऔषध दुव्र्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले लागूऔषध दुव्र्यसन नियन्त्रणमा अभिभावक, परिवार र समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले लागूऔषधको कारोबारमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना दिन तथा अपराध नियन्त्रणमा नागरिकले ‘बर्दीबिनाको प्रहरी’का रूपमा सहयोग गर्न आग्रह गर्नुभयो। दुव्र्यसनमा फसेका व्यक्तिलाई कुटपिट वा यातना नदिई प्रहरीको जिम्मा लगाउन आग्रह गर्दै डीएसपी पन्तले उनीहरूको पुनस्र्थापना र भविष्यमा समाजमा पुनःस्थ
इटहरी। धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित एक घरबाट सोमबार साँझ ट्रामोल र स्पास्पेन प्रो नामक औषधीसहित एक युवक पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले चाम्चास्थित करिब २१ वर्षीय प्रगत राईको घरकोठामा खानतलासी गर्दा ट्रामोल–५० का २९ पत्ता ९२९० क्याप्सुल० र स्पास्पेन प्रो का २९ पत्ता ९२९० ट्याब्लेट० फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।त्यस्तै, धनकुटा नगरपालिका–९ मुलघाटमा सवारीसाधन चेकजाँचका क्रममा
इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका–फलैचाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।समुद्र सतहदेखि चार हजार तीन सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीलाई पूर्वको गोसाइँकुण्डका रूपमा समेत चिनिन्छ । पर्यटन व्यवसायी साथै तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईका अनुसार पछिल्ला वर्षमा तिम्बुङ पोखरी पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष मात्रै करिब पाँच हजार पर्यटकले पोखरीको भ्रमण गरेका थिए । तिम्बुङ पोखरीमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, झापा तथा भारतको सिक्किमबाट समेत पर्यटक
इटहरी। ओखलढुङ्गामा ५१ हजार गाईभैँसीलाई खोरेत रोगविरूद्धको खोप लगाइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लामा असोज १५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानलाई प्रभावकारी बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा जिल्लास्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा खोपको महत्वबारे कृषकलाई सचेत गराउने तथा अभियानमा सरोकारवालाको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईले खोरेत रोगको जोखिम कम गर्न नियमित खोपसँगै रोगबारे
इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद कार्यक्रम गरिएको छ ।इटहरीस्थित सुष्मा गोदावरी कलेजमा आयोजित कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति ओमप्रसाद गौतमले संवाद तथा सहकार्यका माध्यमबाट सामाजिक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षासेवी लेखनाथ घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै, इटहरी उपमहानगरपालिकाका वातावरण विज्ञ युगदीप लुइटेल, राजनीतिकर्मी रमेश खत्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीका सभापति महेश थापा सहभागी थिए ।कार्यक्रममा शान्ति दिवस तथा
इटहरी स् लागूऔषध खरिदका लागि भारत पुगेका तीन नेपाली युवक भारतको दिघलबैंकमा पक्राउ परेका छन्।भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सञ्चालन भइरहेको अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल ९एसएसबी० र दिघलबैंक प्रहरीले संयुक्त रूपमा उनीहरूलाई सोमवार पक्राउ गरेको हो। एसएसबीको १२औँ वाहिनीअन्तर्गत बीओपी बालुबाडी ‘ए’ कम्पनी मोहमारी र दिघलबैंक प्रहरीको संयुक्त टोलीले तीन नेपाली युवकलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाहरूको साथबाट ४७।३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना झापाका नेपाली नागरिक रहेको बताइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरीमा नगर नेतृत्वका लागि आकांक्षीहरूबीच सक्रियता बढेको छ।इटहरी कांग्रेसको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका विकास केसीले पार्टीभित्रको एकता बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने स्पष्ट योजनासहित आफू नेतृत्वको दौडमा रहेको बताएका छन्। उनले इटहरी उपमहानगरपालिकाका २० वटै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनु सकारात्मक सुरुवात भएको बताए। ‘समस्त नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाझ महाधिवेशन उत्सव र चाडपर्वका रूपमा छाएको छ,’ केसीले भने, ‘इटहरीका २० वटै वडामा एकताको अधिवेशन गर्नुपर्छ भनेर हामीले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.