इटहरी स् लागूऔषध खरिदका लागि भारत पुगेका तीन नेपाली युवक भारतको दिघलबैंकमा पक्राउ परेका छन्।
भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सञ्चालन भइरहेको अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल ९एसएसबी० र दिघलबैंक प्रहरीले संयुक्त रूपमा उनीहरूलाई सोमवार पक्राउ गरेको हो। एसएसबीको १२औँ वाहिनीअन्तर्गत बीओपी बालुबाडी ‘ए’ कम्पनी मोहमारी र दिघलबैंक प्रहरीको संयुक्त टोलीले तीन नेपाली युवकलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाहरूको साथबाट ४७।३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना झापाका नेपाली नागरिक रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।


