समाज

    Showing २,३२१-२,३३० of ११,११५ items.
  • चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन

    इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ । बुधबार ईटहरीमा  आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिक लगायतको सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा बोर्डको ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गरेका थिए । नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि र

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १७३ पटक पढिएको
  • इटहरी उपमहानगरले विषादीयुक्त फगिङ रोक्यो, नागरिकलाई वैकल्पिक सावधानी अपनाउन आग्रह

    इटहरी । इटहरी उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा प्रयोग हुँदै आएका अल्फासाइपरमेथ्रिन र अल्फामेथ्रिन र मालाथिनजस्ता विषादी प्रयोग गरी फगिङ ९धुवा उडाउने० कार्य नगर्ने निर्णय गरेको जनाएको छ। उपमहानगरले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विषादी तथा पेट्रोलियम पदार्थको धुवाँ जनस्वास्थ्यका हिसाबले उपयुक्त नरहेको भन्दै तत्काल यस्तो कार्य नगर्ने स्पष्ट पारेको हो। कार्यवाहक नगर प्रमुख संगीता कुमारी चौधरी द्वारा जारी विज्ञप्तिमा अत्यधिक गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। विशेषगरी घर बाहिर निस्कँदा सम्भव भएसम्म पूरै शरीर ढाकिने लुगा लगाउने, सुत्दा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १३९ पटक पढिएको
  • १३औँ रारा गोल्डकप यसै महिना

    इटहरी। १३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीस्थित पुण्य माविको खेल मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो । जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौँ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता टोलीले सात लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउने रा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ९५ पटक पढिएको
  • गढीमा शैक्षिक सुधारप्रति शिक्षक–अभिभावकको प्रतिबद्धता

    इटहरी । सुनसरीको गढी गाउँपालिका–२ छप्कीस्थित गोरखनाथ आधारभूत विद्यालयले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधार अभियान सुरु गरेको छ। विद्यालयमा सञ्चालन गरिएको उक्त अभियान र अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि अभिभावकदेखि शिक्षक तथा सरोकारवालासम्मले प्रतिबद्धता जनाएका छन्।विद्यालय व्यवस्थापन समिति, शैक्षिक सुधार अभियान समिति, शिक्षक तथा अभिभावकसहित सरोकारवालाहरूको सर्वपक्षीय बैठकले युवाहरूले थालेको शैक्षिक सुधार अभियानलाई सबैले साथ र सहयोग गर्ने निर्णय गरेको छ। गरिब, विपन्न तथा दलित–मुसहर समुदायका बालबालिकाका लागि पनि सामुदायिक विद्यालयमै अङ्ग्रेजी माध्यमको निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यसहित अ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २०१ पटक पढिएको
  • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    इटहरी।  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए ।  उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ । स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोड्नुभयो । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ८६ पटक पढिएको
  • खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

    इटहरी।  यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिनुभयो । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ९३ पटक पढिएको
  • एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा

    इटहरी ।  नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरुले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो । यसले मुन्दुम पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तरराष्ट्रिय स्रस्टाहरु खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले क

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १२५ पटक पढिएको
  • बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी : बालविवाहमुक्त नेपाल अभियान अन्तर्गत कोशीमा कार्यशाला

    इटहरी । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको लगानी” भन्ने नारासहित बालविवाहमुक्त नेपाल अभियान अन्तर्गत स्थानीय तहमा बालअधिकार सम्बन्धी ऐन, नीति तथा रणनीतिहरूको कार्यान्वयनबारे कोशी प्रदेशस्तरीय कार्यशाला सुरु भएको छ।फरवार्ड संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री भगवती चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र Just Rights for Children को सहकार्यमा सञ्चालन गरिएको हो।नेपाल नगरपालिका संघ कोशी प्रदेश अध्यक्ष तथा बेलबारी नगरपालिका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा कोशी प्रदेशका विभिन्न पाल

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ५२० पटक पढिएको
  • ताप्लेजुङमा साबुन उद्योग सञ्चालनको तयारी

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा साबुन उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीयको आयआर्जनको स्रोतका रुपमा स्थापित गर्दै आत्मनिर्भर बन्ने योजनासहित साबुन उद्योग सञ्चालनको तयारी गरिएको हो ।वडावासी नागरिकले साबुन उद्योग सञ्चालन गर्ने प्रक्रिया सुरु गरेका साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूले जानकारी दिनुभयो । सामूहिक रुपमा उद्योग सञ्चालन गरेर साबुन उत्पादन गर्नेगरी स्थानीयले संस्था दर्तासहित आवश्यक प्रक्रिया सुरु गरेका वडाध्यक्ष लिम्बूले बताउनुभयो ।  साबुन उद्योग सञ्चालन गरेर राम्रो आयआर्जन गर्न सकिने सम्भावना देखेपछि स्थानीय नागरिक उद्योग खोल्नका लागि अग्रसर देखिए

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • ६६ पटक पढिएको
  • अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा रोजगारी गुम्ने चिन्ता

    इटहरी। नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको टेक्स्टायल तथा कपडा उद्योगले ठुलो क्षति बेहोर्नुपर्ने भन्दै उद्यमीले चिन्ता व्यक्त गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको सूचीमा नेपाल अति कम विकसितको सूचीमा रहेकाले अमेरिकामा नेपाली टेक्स्टायल तथा कपडा निर्यात गर्दा शून्य भन्सार सुविधा प्राप्त हुँदै आएको छ । नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा यो सुविधा काटिने चिन्ता सम्बन्धित उद्योगीको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी र सावतीले आयोजना गरेको अन्तर्क्रियामा सहभागीले एलडिसीबाट स्तरोन्नति हुँदा पर्ने नकारात्मक प्रभावबारे सरकारले कूटनीतिक पहल गर्नुपर्ने औँल्याइएको छ । सहु

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]