इटहरी स् ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’ भन्ने खबर सुन्न पाइएला । तर २९ दिनसम्म न फोन आयो, न छोराबुहारीको कुनै अत्तोपत्तो लाग्यो । अन्ततः शुक्रबार उनले छोराबुहारीको अन्त्येष्टि संस्कार गरे ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्काको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो । ६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थिए । धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवामा आएर रोकियो ।
इटहरी स् श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति नै ल्याएका छन् ।दुई दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरू अहिले रूखो हुँदै गएका छन् । तर, यही रूखो जमिनमा किसानले तरकारी लगाएर विदेशमा भन्दा राम्रो कमाई गरिरहेका छन् । श्रीलंका टापुका केही सीमित परिवारबाहेक बाह्रै मास कोही फुर्सदिला हुँदैनन् । यस क्षेत्रका गन्यमान्यमा पर्ने अर्जुन चन्द्रवंशीका चार जना छोराहरू मिलेर तरकारी खेती गर्दै आएका छन् । अर्जुनका छोराहरू रामविलाश, लक्ष्मण, श्रीराम र जाब्दी वाच्छाधनले टमाटर खेती गरेर वार्षिक कम्तीमा ६० लाख कमाई गर्छन् । यस वर्
इटहरी। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उदयपुरको ताप्ली गाउँपालिकामा १८ वर्षीय युवा दिनेश सुर्खेती पालिका सहसचिव तथा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।सानै उमेरमा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका सुर्खेती ताप्ली गाउँपालिकाको पालिका सहसचिवसँगै क्षेत्रीय प्रतिनिधि बनेका हुन्। उनको चयनसँगै कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको सहभागिता र नेतृत्वप्रति चासो बढ्दै गएको देखिएको छ।१८ वर्षकै उमेरमा पार्टीको पालिका तहको जिम्मेवारीसँगै क्षेत्रीय प्रतिनिधिको भूमिका पाएका सुर्खेतीले युवा पुस्तालाई राजनीतिमा सक्रिय रूपमा जोड्दै संगठनलाई थप गतिशील बनाउन आफ्नो भूमिका प्रभ
इटहरी। आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने सम्मेलन आयोजना हुने भएको छ।कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ। सम्मेलनमा प्रदेशमा देखिएका समस्या, संघीयता कार्यान्वयनका चुनौती तथा संघीयतालाई थप बलियो बनाउन अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले अपनाएका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनको आवश्यक तयारी तथा समन्वयको जिम्मे
इटहरी स् पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।शुक्रबार राति ११ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख ९६ हजार ७२५ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुख्य ५२ वटा र नहरका ४ वटा गरी कुल ५६ वटा ढोकामध्ये ३९ वटा ढोका खोलिएको उनले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने
इटहरी स् सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ ।निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उनले भने, ‘माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ । पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प
इटहरी स् नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा रूबी सिटौलाको उमेर २२ वर्ष छ। दन्तचिकित्सा शास्त्र अध्ययन गरिरहेकी उनी राजनीतिमा नयाँ अनुहार हुन्। तर, उनको दाबी केवल उमेरका कारण नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेमा सीमित छैन। स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्य, सामाजिक सक्रियता र अन्तर्राष्ट्रिय संसदीय संवादसँग जोडिएको अनुभवलाई राजनीतिक भूमिकामा लैजाने उनको प्रयास छ।कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नम्बर २ बाट युवा महिलाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेकी सिटौलाले राजनीतिमा प्रवेशको आधारका रूपमा योग्यता, क्षमता र सामाज
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाका १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ७ गते सम्पन्न पालिका अधिवेशनबाट सभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।पालिका अधिवेशनबाट मेचीनगरमा योगेन्द्र थापा मगर, बुद्धशान्तिमा मदनकुमार प्रसाईं, अर्जुनधारामा भीष्म मिश्र, बिर्तामोडमा कुलप्रसाद संग्रौला, भद्रपुरमा बन्धु कार्की र कचनकवलमा तुलाराम अधिकारी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै हल्दिबारीमा गंगा प्रसाद प्रसाईं, बाह्रदशीमा इन्द्रबहादुर बस्नेत, झापा गाउँपालिकामा सागिरथ गणेश, कन्काईमा दुर्गाप्रसाद प्रसाईं, शिवसताक्षीमा अशोक बस्नेत,
इटहरी स् बङ्गालको खाडीबाट विकसित वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानी गर्न पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ।जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम क्षेत्रको निगरानीसँगै सम्भावित उद्धार र प्रतिकार्यलाई प्रभावकारी बनाउन शुक्रबारदेखि ड्रोन प्रयोगमा ल्याएको हो। डिभिजन वन कार्यालयसँग समन्वय गरी सञ्चालनमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबानको सम्भावना भएका क्षेत्रको निगरानी गरिनेछ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील
इटहरी स्। नेपाली कांग्रेसको संगठनभित्र लामो समयदेखि सक्रिय वीना कुमारी राईले उदयपुर क्षेत्र नं। १ प्रदेश सभा ‘क’ को सभापति पदमा उम्मेदवारी दिएकी छन्। पार्टीको संगठन निर्माणदेखि महिला सहभागितासम्मका अभियानमा निरन्तर सक्रिय रहँदै आएकी राईले यसपटक प्रदेश तहको नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।राईको राजनीतिक यात्रा नयाँ होइन। बेल्टार गाउँ विकास समितिको समयदेखि नै नेपाल महिला संघमार्फत कांग्रेसको संगठनमा सक्रिय रहँदै आएकी उनी हाल चौदण्डीगढी नगरपालिकामा नेपाल महिला संघको नेतृत्वमा छिन्। कांग्रेसको विचार र संगठनसँग लामो समयदेखि जोडिँदै आएकी राईले महिला सहभागिता र संगठन निर्माणका विभ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.