इटहरी स् विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ ।अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २१ गते ९बुधबार० पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी १ जना र ओखलढुङ्गाबाट १ जनालाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरूबाट ५ वर्ष ३ महिना ११ दिन कैद सजाय र ३ लाख ३४ हजार ५ सय रुपैँया जरिवानावापतको रकम असुल उपर भएको
इटहरी स् सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले बुधबार साँझ स्कुटरसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकी जाँच गर्ने क्रममा चौधरीको साथबाट ब्राउनसुगर ५०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ ।त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ
इटहरी स् आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ ।विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आएका छन् । उनले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताए । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उनको भनाइ छ । उनले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् ।यसमा दुईदे
इटहरी स् कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामकृष्ण अधिकारीलाई दिएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीलाई सामाजिक विकास मन्त्रालयको कामकाजसमेत सम्हाल्ने गरी थप जिम्मेवारी तोकेको हो । मन्त्रालयको नियमित प्रशासनिक कामकाज सञ्चालनमा सहजता ल्याउने उद्देश्यले अधिकारीलाई थप जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ ।बैठकले प्रदेश योजना आयोगको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,
इटहरी स् महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक संरक्षण तथा न्याय प्राप्त गर्ने उपायबारे सचेत गराउने उद्देश्यले विराटनगर–२० मा ‘महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको छ।सामाजिक उत्तरदायित्वको भावनासहित श्रेया बिष्टको व्यक्तिगत पहलमा सञ्चालित कार्यक्रममा करिब ५० जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमले महिलालाई आफ्नो तथा परिवारका सदस्यका कानुनी अधिकारबारे जानकारी गराउँदै अधिकारका लागि आवाज उठाउने आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।कार्यक्रममा विभिन्न विज्ञ तथा प्रशिक्षकले समसामयिक कानुनी तथा सामाजिक विषयमा प्रशिक्षण दिएका थिए। श्रेया बिष्टले बलात्
इटहरी स् झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। बरामद सामानसहित चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसमेत आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म चार करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो। गणका अनुसार साउनमा एक करोड ५५ लाख पाँच हजार ६२६ रुपैयाँ, भदौमा एक करोड ४८ लाख एक हजार ८१८ रुपैयाँ र असोजको हालसम्म एक करोड १२ लाख ५४ हज
इटहरी स् झापामा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रशासनले तीव्रता दिएको छ। कनकाईको सुरुङ्गा र मेचीनगरका बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखेको भेटिएपछि एक व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।जिल्ला प्रशासन कार्यालय झापाले सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा बजारमा अनुगमन गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिसहितको टोलीले बजारका विभिन्न
इटहरी। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले कोशीका विभिन्न चारवटा जिल्लाबाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी तथा ओखलढुंगाबाट १–१ जना पक्राउ परेका हुन् । बुधबार पक्राउ परेकाबाट ५ वर्ष ३ महिना ११ दिन कैद तथा ३ लाख ३४ हजार ५ सय रुपैयाँ जरिबाना असुल भएको प्रहरीले जनाएको छ ।
इटहरी। कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’का क्रममा गत वर्ष कोशी प्रदेशसभा सचिवालयअन्तर्गत क्षति तथा नष्ट भएका सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उक्त सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आन्दोलनका क्रममा नष्ट भएका सम्पत्ति मिनाहासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्णय गरिएको जानकारी दिनुभयो।मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर
इटहरी। मासु बजारको उचित व्यवस्थापन नहुँदा उदयपुरका ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा पाल्दै आएका खसी हचुवाको भरमा बेच्न बाध्य छन् । गाउँघरका किसानले पालेका खसीबोकाको तौल गरेर बिक्रीवितरण गर्ने माध्यम नहुँदा घाटा भए पनि बर्सेनि मोलमोलाइमा बिक्री गर्ने गरेको किसान बताउँछन् ।उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत रूपमा खसी पाल्ने किसान सबैको पीडा यस्तै छ । अहिले उदयपुरको ग्रामीण क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो नौ सय रुपियाँ छ । जुन मूल्य गाईघाट, कटारी, बेल्टारलगायतका बजारक्षेत्रमा काटेर मासु बिक्री गर्दा दुई सयभन्दा बढी पाइन्छ । ‘पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.