समाज

    Showing १,६६१-१,६७० of ११,०९७ items.
  • भारतीय अवरोध र ल्याब परीक्षणको सास्ती सधैँका लागि अन्त्य गर्न चिया व्यवसायीको माग, सूर्योदयको प्रयोगशालालाई व्यवस्थित बनाइने

    इटहरी । कोशी प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेको चियाक्षेत्र यतिबेला दोहोरो सङ्कटमा परेको छ । स्थानीय रूपमा चियाबालीमा ‘लुपार’ नामक किराको प्रकोपले बगान नै सखाप हुने अवस्था देखिएको छ भने अर्कातर्फ चिया निर्यातमा पटक पटक समस्या दोहोरिएको छ । बगान नै सखाप पार्ने गरी फैलिएको किरा नियन्त्रण गर्न सरकारले विशेष पहल गरिदिनुपर्ने माग चिया व्यवसायीले गरेका छन् । त्यसबाहेक चिया उत्पादक तथा व्यवसायीले भारतीय बजारमा निकासी र गुणस्तर परीक्षणको नाममा प्राविधिक झमेला सधैँका लागि अन्त्य गर्ने वातावरण बनाउन उनीहरूले माग गरेका छन् । चियाक्षेत्रमा देखिएका यस्ता समस्या समाधानका लागि उद्योग, कृषि तथा सहकार

    • प्रकाशित मितिः असार १५, २०८३
    • १६३ पटक पढिएको
  • ताप्लेजुङमा कामदार कुटपिट प्रकरणस् भिडियो सार्वजनिक भएपछि छानबिन समिति गठन, आरोपी हिरासतमा

    इटहरी। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा आल्मुनियमको काम गर्ने एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुस्थित सार्वजनिक स्थानमा गत असार ९ गते साँझ आल्मुनियमको काम गर्ने विकास लामामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ४० वर्षीय तेजवीर सुब्बालाई पक्राउ गरिएको हो ।घटनापछि फरार रहेका सुब्बालाई प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । पक्राउ परेका सुब्बामाथी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका सबै

    • प्रकाशित मितिः असार १५, २०८३
    • १०५ पटक पढिएको
  • उदयपुरमा जङ्गली हात्तीको उपद्रो ,चौदण्डीगढीमा ६ परिवार विस्थापित, नगरपालिकाद्वारा सुरक्षित स्थानमा बस्ने व्यवस्था

    इटहरी ।  चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनुभयो । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित

    • प्रकाशित मितिः असार १५, २०८३
    • ९२ पटक पढिएको
  • खेतीयोग्य जमिन बाँझो राखेर युवाहरू विदेशिँदा कृषि क्षेत्र सङ्कटमा, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा कृषिको आधुनिकीकरणमा जोड

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनका कारण कृषि क्षेत्र संकटतर्फ धकेलिँदै गएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ।राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन प्रयोगविहीन

    • प्रकाशित मितिः असार १५, २०८३
    • १२३ पटक पढिएको
  • कोशी प्रदेश सरकारको लगानीमा खोटाङको महभिर ढुङ्गा छिचोलियोस दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्डको उद्घाटन

    इटहरी   । महभिर फोरेपछि खोटाङको सदरमुकाम दिक्तेल पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडकमा जोडिएको छ । महभिरनजिक दुवैतर्फ सडकको ट्र्याक जोडिए पनि भिर फोर्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मेहनतले महभिर फोरिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो । दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४, खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्मको ट्र्याक केही वर्षअगाड

    • प्रकाशित मितिः असार १५, २०८३
    • १२८ पटक पढिएको
  • हिलो खेल्दै र दही–चिउरा खाँदै धनकुटाको पात्लेखोलामा मनाइयो २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

    इटहरी । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएसँगै धनकुटामा पनि धान रोपेर धान दिवस मनाइएको छ।कृषि ज्ञान केन्द्र धनकुटाको आयोजनामा धनकुटा नगरपालिका–६ स्थित पात्लेखोलामा धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो। असार १५ अर्थात् दही–चिउरा खाने दिन भएकाले रोपाइँसँगै दही–चिउरा खाएर तथा हिलो खेलेर रमाइलो गरिएको थियो। जिल्लाका विभिन्न स्थान—पात्लेखोला, पात्ले, पाङसिङ तथा धान खेतीयोग्य जमिनमा सामूहिक रूपमा धान रोपाइँ गरिएको छ। पछिल्लो समय लोप हुँदै गएको हलो–जुवा, कोदाली प्रयोग गरी तथा गोरु नारेर खेतमा ह

    • प्रकाशित मितिः असार १५, २०८३
    • १०० पटक पढिएको
  • फरवार्डका संस्थापक स्व. दिनेश कुमार चौधरीको १९औँ स्मृति दिवसमा वृक्षारोपण

     फरवार्डका संस्थापक स्वर्गीय दिनेश कुमार चौधरीको १९औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्वर्गीय चौधरीको दूरदर्शी सोच, समाजप्रतिको समर्पण र प्रेरणादायी योगदानको सम्मानस्वरूप आयोजित कार्यक्रममा विभिन्न स्थानमा बिरुवा रोपेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।भगबती चाैधरीका अनुसार रोपिएका प्रत्येक बिरुवा हरियाली प्रवर्द्धनको प्रतीक मात्र नभई स्वर्गीय चौधरीका आदर्श, सेवाभाव र समाजप्रतिको योगदानलाई भावी पुस्तासम्म जीवित राख्ने संकल्पसमेत हो।कार्यक्रममा सहभागीहरूले स्वर्गीय दिनेश कुमार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाएको समाजसेवा, विक

    • प्रकाशित मितिः असार १४, २०८३
    • १२१ पटक पढिएको
  • सगरमाथा वृक्षारोपण महाअभियान सुरु

    इटहरी । सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान आइतबारदेखि धनकुटाको सहिदभूमिबाट औपचारिक रुपमा सुरु गरिएको छ । आइतबार नै राष्ट्रिय वृक्षारोपण दिवस पनि मनाइएको छ । सहिदभूमिस्थित प्रवेश गेट देखि सुकेआहाल हुँदै थलथले बजारसम्म बिरुवा रोपेर अभियानको सुरुवात गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा तथा सहिदभूमि गाउँपालिकाको सहयोगमा सुरुवात भएको अभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यतात्मक प्रजातिको वृ

    • प्रकाशित मितिः असार १४, २०८३
    • २१५ पटक पढिएको
  • धनकुटामा कविता सङ्ग्रह ‘खरको कलम माटाको कापी’ लोकार्पण

    इटहरी । धनकुटामा कविता सङ्ग्रह ‘खरको कलम माटाको कापी’ सार्वजनिक गरिएको छ । कवि सावित्री अधिकारीद्धारा लिखित कविता सङ्ग्रहको आइतबार लोकार्पण गरिएको हो । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्मा र धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कवि अधिकारीको कविता संग्रहको लोकार्पण गर्नुभएको हो । सल्लेरी मिडिया रिसर्च सेन्टर धनकुटाको आयोजनामा लोकार्पण गरिएको कविता सङ्ग्रहमा ३९ वटा कविता समावेश गरिएको छ । पहिले पहिले कलम कापी नपाइने हुँदा माटोमा लेखेर सिकेको अधिकारीको भनाइ छ । उहाँले बाल्यकालमा, जागिरे जिवनमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर

    • प्रकाशित मितिः असार १४, २०८३
    • १८८ पटक पढिएको
  • इनरुवामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संस्था शान्तिदीप नेपालले इनरुवामा पत्रकार सम्मेलन आयोजना गरी कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हो । इनरुवा नगरपालिका वडा नं. ६, मधेशास्थित कभर्डहलमा आयोजना हुने यस प्रतियोगितामा आयोजक सहित कुल आठ टोलीको सहभागिता रहने आयोजक सुवास राईले जानकारी दिनुभयो। कोशी प्रदेश भित्रका खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको यस प्रतियोगितालाई थप प्रत

    • प्रकाशित मितिः असार १४, २०८३
    • २६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]