इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२र०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो ।नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२र०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा २८ लाख ४६ हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय तथ्याङ्कमा उल्लेख छ । नापी अधिकृत श्रेष्ठका अनुसार गत आवमा भन्दा भर्खर सम्पन्न भएको आवमा २७ लाख ४० हजार बढी राजश्व सङ्कलन भएको छ ।यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र०८१ को तुलनाम
इटहरी । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।बिहीबार मोरङको विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट सुनसरीको दुहबी नगरपालिका–१२ ठेगाना भएका २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरिएको हो।प्रहरीले यादवको साथबाट १०४ ग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका यादवलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो।
इटहरी । होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन गरिएको बारिस्टा तालिमले सहभागीहरूलाई सीप विकासमा सहयोग पु¥याएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयोजन तथा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा तालिम सञ्चालन गरिएको हो । २१ दिने निःशुल्क तालिमका रूपमा सुरु गरिएको कार्यक्रम स्कुलले थप समय दिएर २५ दिन सम्म सञ्चालन गरेको थियो । असार १४ गतेदेखि सुरु भएको तालिममा ३० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो । तालिममा
इटहरी । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले तेह्रथुमको लालीगुरस नगरपालिका ७ र ९ को सङ्गम स्थल लसुने डाडामा निर्माण थालीएको सहिद धनरुपा स्मृति पार्कको निर्माण कार्य सम्पन्न भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र लालीगुराँस नगरपालिका समेतको साझेदारीमा १ करोड १० लाख रुपैंया लागतमा पार्कको निर्माण कार्य सम्पन्न भएको सहिद धनरुपा स्मृति प्रतिष्ठानका सचिव दिपेन्द्र कार्कीले वताउनु भयो । पार्कमा द्धन्दकालमा राज्य पक्ष बाट मारिएका लालीगुराँस नगरपालिका भित्रका छ जनाको अर्धकदको शालिक राखीएको छ । पार्कमा धनरु
इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन कार्यक्रम सम्पन्न भएको छ।बुधबार इटहरीस्थित होटल त्रियुगा मा आयोजित कार्यक्रममा माननीय सपना परियार,माइती नेपाल सुनसरीको प्रमुख सुनीता कार्की,स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको
इटहरी । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा परेका हुन्।उनले बोकेको कालो झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्
इटहरी । मोरङको रतुवामाईमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–४ भद्रचोकमा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः३५ बजेतिर दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याउ
इटहरी । इटहरी उपमहानगरपालिकाको राजस्व संकलनसम्बन्धी सेवा सात दिनका लागि बन्द गरिएको भए पनि प्राविधिक समस्या समाधान हुन नसक्दा सेवा अझै सञ्चालनमा आउन सकेको छैन।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रमा नयाँ आर्थिक ऐन, २०८३ अनुसारका कर तथा शुल्कका विवरण अद्यावधिक गर्ने क्रममा देखिएको प्राविधिक समस्याका कारण राजस्व सेवा प्रभावित भएको हो। उपमहानगरपालिकाले बिहिबार जारी गरेको जरुरी सूचनाअनुसार साउन ७ गतेभित्र प्रणालीमा आवश्यक विवरण प्रविष्ट गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक अवरोधका कारण तोकिएको समयमै राजस्व सेवा पुनः सञ्चालन गर्न नसकिएको जनाएको छ।यसअघि उपमहानगरपालिकाले साउन ७ गतेसम्म नगर
इटहरी । स्थानीय तहले कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न दिँदै आएको सहुलियतपूर्ण कार्यक्रम संघीय सरकारको निर्देशनपछि प्रभावित भएको छ। अर्थ मन्त्रालयले स्थानीय तहलाई विद्युत् महसुललगायत विभिन्न शीर्षकमा गरिँदै आएको भुक्तानी रोक्न निर्देशन दिएपछि किसान निराश भएका छन्।मोरङको रतुवामाई नगरपालिकालगायत आधा दर्जन स्थानीय तहले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई दिँदै आएको सिँचाइ विद्युत् महसुल अनुदान अब रोकिएको छ। सरकारको निर्णयबाट कृषि क्षेत्रमा प्रत्यक्ष असर पर्ने भन्दै किसान चिन्तित बनेका छन्।रतुवामाई नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै विगतका आर्थिक वर्षदेखि निरन्तर द
इटहरी। राजमार्गसहितका वैकल्पिक सडक अवरुद्ध भइरहँदा दैनिक उपभोग्य सामग्री अभावदेखि आर्थिक मन्दी भएपछि जिल्लावासीले इलामलाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्डमा पहिरो गएपछि झापाबाट इलाम सदरमुुकामसहित पाँचथर र ताप्लेजुुङसम्मको सोझो यातायात सम्पर्क टुटेको छ । करिब एक महिनायता राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि र वैकल्पिक सडक पनि भरपर्दा नहुँदा इलाम बजार, बिब्ल्याँटे, पुवाखोलासहित जिल्लाका उत्तर पूर्वी र पश्चिमी क्षेत्रमा समेत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । जिल्लामा इन्धन, खाना पकाउने ग्यासलगाय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.