इटहरी। राजमार्गसहितका वैकल्पिक सडक अवरुद्ध भइरहँदा दैनिक उपभोग्य सामग्री अभावदेखि आर्थिक मन्दी भएपछि जिल्लावासीले इलामलाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

पछिल्लो समय मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्डमा पहिरो गएपछि झापाबाट इलाम सदरमुुकामसहित पाँचथर र ताप्लेजुुङसम्मको सोझो यातायात सम्पर्क टुटेको छ । करिब एक महिनायता राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि र वैकल्पिक सडक पनि भरपर्दा नहुँदा इलाम बजार, बिब्ल्याँटे, पुवाखोलासहित जिल्लाका उत्तर पूर्वी र पश्चिमी क्षेत्रमा समेत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । 

जिल्लामा इन्धन, खाना पकाउने ग्यासलगायतका सामग्री अभाव छ भने, बजारमा पाइने खाद्यान्न, तरकारीलगायतका सामग्रीमा पनि अधिक मूल्य बढेको छ ।  सडक नहुँदा अहिले औषधीको अभाव सुरु भएको र अस्पतालमा विषेशज्ञ डाक्टरसमेत नभएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले जानकारी दिनुुभयो ।  त्यस्तै समयमा अस्पताल पुु(याउन नसक्दा चार जना मानिसको मृत्युु भइसकेको जानकारी आएको नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरोज खड्गीले बताउनुुभयो । सडक अवरुद्ध भएपछि त्यसको असर इलामलाई मात्र होइन, पाँचथर र ताप्लेजुुङमा पनि उत्तिकै परेको छ । पाँचथर र ताप्लेजुुङबाट  झापा लैजाने बिरामीलाई छोटो पर्ने मेची राजमार्ग अवरुद्ध हुँदा ठुलो समस्या परेको छ । 

सडक सम्बन्धविच्छेद भएपछि त्यसको असर होटेल, पर्यटन, यातायातसहित सबै जसो व्यवसाय र किसानमा परेको छ । वैशाखपछि इलामका होटेलमा पाहुुना छैनन् । तराई र पश्चिमी जिल्ला तथा भारतीय पर्यटकको भरिभराउ रहने इलामका होटेलको अवस्था नाजुक भइसकेको होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले बताउनुुभयो । होटेल व्यवसायीको समस्यालाई लिएर कोशी प्रदेशस्थित होटेल व्यवसायी महासङ्घले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेको छ । महासङ्घका महासचिव वासुु बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा इलामको समस्याप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरिएको उल्लेख छ । 

यसैबिच इलाम नगरपालिकाले जिल्लास्थित सरोकारवालासँग राजमार्गसहित इलामको अवस्थामा विषयमा अन्तव्र्रिmया गरेको छ । अन्तव्र्रिmयामा सहभागीहरूले इलामलाई तत्काल विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । गत असोज १८ गते रातिको वर्षा र बाढीले राजमार्ग बगाएपछि इलाम सङ्कटतर्फ धकेलिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापाले सङ्कटग्रस्त जिल्ला घोषणा गरेर नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्नुुपर्ने धारणा व्यक्त गर्नुभयो ।