इटहरी । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले तेह्रथुमको लालीगुरस नगरपालिका ७ र ९ को सङ्गम स्थल लसुने डाडामा निर्माण थालीएको सहिद धनरुपा स्मृति पार्कको निर्माण कार्य सम्पन्न भएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र लालीगुराँस नगरपालिका समेतको साझेदारीमा १ करोड १० लाख रुपैंया लागतमा पार्कको निर्माण कार्य सम्पन्न भएको सहिद धनरुपा स्मृति प्रतिष्ठानका सचिव दिपेन्द्र कार्कीले वताउनु भयो ।
पार्कमा द्धन्दकालमा राज्य पक्ष बाट मारिएका लालीगुराँस नगरपालिका भित्रका छ जनाको अर्धकदको शालिक राखीएको छ । पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्र माया थाम्देन, दिलु थाम्देन, तिल बहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरेर राखीएको प्रष्ठिानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरले बताउनुभयो ।
यो क्षेत्रलाई भविष्यमा सहिद पार्कको रुपमा विकास गरी पर्यटक आकर्षित गर्ने लक्ष्य प्रतिष्ठानले लिएको जनाएको छ ।


