समाज

    Showing १,१४१-१,१५० of ११,०३५ items.
  • गाँजा तस्करीमा एम्बुलेन्सको दुरुपयोग

    इटहरी।  रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थियो। रात गहिरिंदै थियो, सडक सुनसान बन्दै गएको थियो। तर, एम्बुलेन्सको अस्वाभाविक उपस्थितिले स्थानीयको ध्यान तान्यो।  बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यसरी सुनसान सडकमा चालक र बिरामी विना छाडिएको देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय धरानलाई खबर गरे। बिरामी र चालक नभएको को१च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले प्लास्टिकमा प्याक गरिएको ४४९ किलोग्राम गाँजा फेला पार्‍यो। बिरामीको जीवन बचाउन प

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १४३ पटक पढिएको
  • दुर्घटना न्यूनीकरणमा जोड : ट्राफिकलाई प्रविधिमैत्री र कडाइका साथ परिचालन गर्न डीआईजी खनालको निर्देशन

    इटहरी :  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, आधुनिक प्रविधिको अधिकतम प्रयोग र सेवामुखी प्रहरी व्यवहारमा विशेष जोड दिएका हुन्।  राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको बिहीबार निरीक्षणका क्रममा डीआईजी खनालले दैनिक ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्ने तथा मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडा कारबाही गर्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ९९ पटक पढिएको
  • धनकुटामा ट्रकबाट ६ सय ४७ केजी गाँजा सहित २ जना पक्राउ

    इटहरी । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार बिहान साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ का ३६ वर्षीय तुलराम राईला

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १२१ पटक पढिएको
  • राजमार्गछेउबाटै स्थानीय उत्पादन खपत

    इटहरी। कोशी राजमार्ग हुँदै पहाडबाट तराईतर्फको यात्रा गर्दा तमोर नदीको पुल तर्नेबित्तिकै प्रायः यात्रुवाहक सवारीसाधन एकैछिन रोकिन्छन् । रोकिएको सवारीसाधनलाई उखु विक्रेताको भिडभाडले घेर्छ । विक्रेता भेला भएर उखुको खरिद गर्न गाडीका यात्रुलाई अनुरोध गर्छन् । बिहानदेखि बेलुकासम्म सधैँ यही व्रmम चल्छ ।   कोशी राजमार्ग अन्तर्गत धनकुटास्थित तमोर नदी किनारमा मूलघाट बजार रहेको छ । नदीको एकातर्फको भूभाग साँगुरीगढी गाउँपालिका वडा नम्बर १ पर्छ । अर्कोतर्फ भने धनकुटा नगरपालिका वडा नम्बर ९ पर्छ । दुवैतर्फका  गरी एक सयभन्दा बढी व्यापारीले उखुलगायत सिजन अनुसार उत्पादन हुने कृषिजन्य उत्पादन बिक्र

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ८७ पटक पढिएको
  • इन्ट्याक्ट क्लब अफ विश्व आदर्शको नयाँ नेतृत्व चयन, सिद्धान्त निरौला अध्यक्ष

    इटहरी । इन्ट्याक्ट क्लब अफ विश्व आदर्शले शैक्षिक वर्ष २०२६÷२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको सातौँ पदस्थापन तथा सपथग्रहण समारोह मार्फत सिद्धान्त निरौलाको अध्यक्षतामा नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो । विश्व आदर्श एकेडेमीमा आयोजित कार्यक्रममा क्षेत्र–१ का क्षेत्रीय इन्ट्याक्ट प्रतिनिधि मिङ्साङ लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिद्धान्त निरौला सहित सम्पूर्ण पदाधिकारी तथा नयाँ सदस्यहरूलाई सपथ ग्रहण गराइनुका साथै ब्याच वितरण गरिएको थियो। नयाँ कार्यसमितिमा आगामी अध्यक्ष साइमा कार्की, उपाध्यक्ष दीक्षित सुवेदी, सचिव आर

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ६७ पटक पढिएको
  • भत्किएको तीन वर्षपछि झापाको बिरिङमा नयाँ पुल निर्माण सुरु

    झापा : तीन वर्षअघि बाढीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ।  बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता भएपछि काम अघि बढ्ने भएको हो।  करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि जोखिम मोलेर सञ्चालन हुँदै आएको थियो।  गत वर्ष २०८२ साल साउनमा आएको बाढीले जीर्ण अवस्थाको पुलसमेत बगाएपछि झापा र इलाम जोड्ने महत्त्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसयता सर्वसाधारण र सवारीसाधनले घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए।  सम

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १०९ पटक पढिएको
  • सरोज मृत्यु प्रकरण झन् रहस्यमय बन्दै, बुबा, सौतेनी आमा र दुई काकाको पक्राउपछि घटनाले लियो नयाँ मोड

    इटहरीः इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा डेरा गरी बस्दै आएका तथा जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनामा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।  इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई निरन्तर शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ। उनीहरूमाथि सो

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १८३ पटक पढिएको
  • निर्माण सम्पन्न नहुँदै उप्किँदै सडकको कालोपत्रे

    धनकुटा। धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब ७.३ किलोमिटर सडकको कालोपत्रेको काम नसकिँदै उप्किन थालेको छ । निर्माणको ठेक्का पाएको आशिष–आशीर्वाद–स्वामीनारायण जेभीले गरेको उक्त कालोपत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो ।  धनकुटा नगरपालिका–१ स्थित हिलेबजार हँदै वडा नम्बर २ भिरगाउँ जोड्ने हिले–भिरगाउँ–मधुगङ्गा सडक केही समयअगाडि मात्रै कालोपत्रे गरिएको थियो । निर्माण व्यवसायीले हिउँदमा गर्नुपर्ने काम असारमा हिलो माटोमाथि नै कालोपत्रे गरेकाले उप्किन थालेको स्थानीयले बताएका छन् । कालोपत्रे गरिएको धेरै ठाउँमा सतह उप्किएर माटो देखिन थालेको छ । यसले गर्दा सडक प्रयोगकर्ताले निर्माणको गुण

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३६ पटक पढिएको
  • रेबिज संक्रमण नियन्त्रणका लागि पाँचथरमा आइपुग्यो एन्टिरेबिज भ्याक्सिन

    इटहरी। रेबिज संक्रमण फैलिएको पाँचथर जिल्लामा एन्टिरेबिज भ्याक्सिन आइपुगेको छ । फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमण पुष्टि हुनुका साथै पशुचौपाया धमाधम मर्न थालेपछि मानिस र पशुचौपायाका लागि आवश्यक खोप ल्याइएको हो ।  मानिसका लागि आवश्यक एन्टिरेबिज भ्याक्सिन संघीय सरकारअन्तर्गत औषधी व्यवस्था विभागमार्फत तथा पशुचौपायाका लागि पशु सेवा निर्देशनालयमार्फत जिल्लामा पठाइएको हो ।  मानिसका लागि एक हजार डोज एन्टिरेबिज भ्याक्सिन आइपुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । यस्तै, पशुचौपायाका लागि दुई हजार डोज खोप प्राप्त भएको केन्द्रका निमित्त प्रमुख

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ७८ पटक पढिएको
  • खोलामा डुबेर बालकको मृत्यु

    मोरङ। मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरूसँग बिहीबार दिउँसो करिब ४ बजे भलुवा खोलामा पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका छोरा जीव  बेपत्ता हुनुभएको हो ।  जीव राति ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उहाँका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही बाँधबाट बालकलाई मृत अवस्थामा निकालिएको थियो ।  प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदा

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]