इटहरी। बालिकामाथि बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका ती पुरुषमाथि भतिजी नाता पर्ने बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।प्रहरीका अनुसार साउन २५ गते घटना भएको हो । पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका पुरुषमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिनुभयो । पीडित बालिकाको पहिचान खुल्न सक
इटहरी। कोशी प्रदेशमा लागुऔषधको अवैध ओसारपसार तथा कारोबार बढ्दै गएको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले खैरो हेरोइन (ब्राउन सुगर) को अवैध कारोबार बढ्दै गएको र यसको सञ्जालसमेत विस्तार भइरहेको देखाएको छ । लागुऔषधसम्बन्धी अपराध प्रदेशमा दोस्रो स्थानमा रहेको र यसबाट युवा पुस्ता तथा समग्र समाज प्रभावित बन्ने खतरा बढेको प्रहरीले जनाएको छ ।पछिल्लो तीन वर्षको तथ्याङ्क प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले तीन वर्षअघि तीन किलो ब्राउन सुगर बरामद भएकोमा आर्थिक वर्ष २०८१/८२ मा पाँच किलो र गत आर्थिक वर्ष २०८२/८३ मा १० किलो बरामद भएको जनाएको छ । ब्राउन सुगरको बरामद परि
इटहरी। यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ । कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलोडाँडा सानीटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उप्काएर अस्फाल्ड प्रविधिबाट कालोपत्र गरिनुको साथै ड्रेन, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कल्भर्टलगायतका संरचना पनि निर्माण गरिनेछ ।
इटहरी। यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक
इटहरी। यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन् ।वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक आएका छन् । परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । यसमा करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक
ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको दैनिक ६ घण्टा पिकिङ अवधारणामा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । हालसम्म आयोजनाले ९२.३ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्युतगृहको परीक्षण आगामी पुषमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको हो।व्यावसायिक विद्युत उत्पादनका लागि आवश्यक अधिकांश सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन
इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरी प्रतिको जनविश्वास बढाउनुका साथै शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताउनुभएको छ । मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै खनालले ट्राफिक दुर्घटना न्यूनिकरण, सामाजिक संजाल तथा र्साईबर अपराध नियन्त्रण, खुला सिमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र ओसारपोसार अत्यन्त भयावह ढंगले बढिरहेकोले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । डिआइज
इटहरी । इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., विराटनगरबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ । सम्झौता अनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रिया सहितका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीका नागरिकलाई उपचारमा सहज पहुँच र थप छुटको व्यवस्था गर्न नोबेल मेडिकल कलेजसँग सहकार्य गरिएको बताउनुभयो । नागरिकले उपचारका क्रममा आर्थिक भार कम महसुस गरून् र सहज रूपमा स्व
इटहरी । तेह्रथुमको बसन्तपुर देखि केही किलोमिटर दूरीमा रहेको सखुवासभाको धर्मदेवी नगरपालिका–३, ओख्रे गाउँ आसपासका दुई पर्यटकीय स्थल संरक्षण र प्रचार–प्रसारको अभावमा जीर्ण बन्दै गएका छन् ।बसन्तपुरबाट सखुवासभातर्फ जाने सडकखण्डमा पर्ने देउराली क्षेत्र नजिकैको गित्रेमा रहेको ठेकी पार्क र खर्कमा रहेको मेलमिलाप पार्क निर्माणका हिसाबले आकर्षक भएपनि उचित संरक्षण र प्रचार–प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्दै गएका हुन् ।स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काउने उद्देश्यले निर्माण गरिएका यी पार्कमा कलात्मक शैलीमा बनाइएका ठेकी, स्तम्भ तथा मानव आकृतिका विभिन्न संरचनाहरू रहेका छन् । तर पार्क निर्माण प
इटहरी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्र सिइपिपी को सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा क्षमता विकास तथा तीनवर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आयोजित कार्यशालाको उद्घाटन शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्य तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा भएको हो। साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यशालामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन समिति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.