इटहरी। बालिकामाथि बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका ती पुरुषमाथि भतिजी नाता पर्ने बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।
प्रहरीका अनुसार साउन २५ गते घटना भएको हो । पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका पुरुषमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिनुभयो । पीडित बालिकाको पहिचान खुल्न सक्ने भएकाले आरोपितको नामसमेत गोप्य राखिएको प्रहरीले जनाएको छ ।


