समाज

    Showing १,०६१-१,०७० of ११,०३५ items.
  • ग्याँस अभावको हल्लापछि तेह्रथुमका डिलरमा अनुगमन

    इटहरी। बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो । अनुगमनमा प्रीमा ग्यास डिलरमा करिब ६० सिलिन्डर, रिजाल ग्यास डिलरमा करिब २२ सिलिन्डर र कोशी ग्यास डिलरमा २ वटा सिलिन्डर मौज्द

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५६ पटक पढिएको
  • तिम्बुङ पोखरीः प्रकृतिसँगको साक्षात्कार

    इटहरी।  हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।  यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ । हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउनुहुन्छ । उहाँले तिम्बुङ प

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ८३ पटक पढिएको
  • कावा मेयर एकातिर, वडाध्यक्षहरू अर्कातिर

    इटहरी। धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विभाजित हुँदा अझै वार्षिक बजेट आउन सकेको छैन । कार्यवहाक मेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरू आन्तरिक विवादमा फसेपछि बजेट ल्याउन नसकेको विषयान्तर पत्रकार सम्मेलन र समाजिक सञ्जालबाट एकअर्कालाई दोषारोपण गरिरहेका छन् । स्वतन्त्रबाट निर्वाचित भएर हर्कराज राई साम्पाङ मेयर भएपछि दलीय जनप्रनितिधिसँग तालमेल नमिल्दा विगतका आर्थिक वर्षमा यस्तै किचलो भएको थियो । साम्पाङले अहिले संघीय सांसद भइसकेका छन् । कार्यपालिकामा दलीय जनप्रतिनिधिमात्र छन् । तैपनि बजेटको किचलो समाधान हुन सकेको छैन । बजेट ल्याउनुपर्ने तोकिएको समय असार १० गते हो । तर साउनको तेश्रो साता सकिन

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ६३ पटक पढिएको
  • उर्लाबारी नगरपालिकाद्वारा तोकिएको समयमा काम नगर्ने ६ निर्माण कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी,१५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आदेश

    इटहरी । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको उल्लेख छ।सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भनेको छ । तोकिएको १५ दिनभित्र मनास

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५० पटक पढिएको
  • कम तौलको ग्यास बिक्री गर्ने कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना

    इटहरी : उपभोक्तालाई कम तौलको एलपी ग्यास बिक्री गरेको पाइएपछि जिल्ला  प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा उद्योगमा रहेका रिफिल गरिएका ग्यास सिलिन्डरको तौल परीक्षण गर्दा कैफियत भेटिएको हो। अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरेको थियो। तीमध्ये एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको प्रशासनले जनाएको छ। बाँकी ६३ वटा सिलिन्डरको औस

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ६८ पटक पढिएको
  • भोजपुरको पौवादुङमा र हतुवागढी जोड्ने फत्तेपुर दोभानमा २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै,धरानसम्मको यात्रा सहज र दूरी छोटो हुने

    इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ७७ पटक पढिएको
  • झापामा एक वर्षमा १३ करोडको अवैध सामान बरामद

    झापा :  झापामा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको हो । भारतसँगको खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ती सामान बरामद गरेको जनाएको छ । सोही अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँ मूल्य बराबरको अवैध काठसमेत बरामद भएको छ । काठ ओसारपसारमा प्रयोग भएका आठवटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५७ पटक पढिएको
  • संघीय कानुन र निजामती ऐन नबन्दा कोशी प्रदेशमा काम गर्न सास्ती, ट्राफिक जरिवाना र प्रहरी समायोजनमा केन्द्रको हस्तक्षेपविरुद्ध आक्रोश

    इटहरी । कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा देखिएका विकाससम्बन्धी समस्या समाधानका लागि संघीय सरकारसमक्ष उठाउने विषयहरू तय गरेको छ। ती विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरिएको छ। बैठकले संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा असर परेको भन्दै संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने विषय पुनः उठाएको छ। प्रदेशलाई आफ्ना संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन र जग्गा संरक्षण एवंम भोगाधिकार दिनुपर्ने विषयलाई पनि बैठकमा जोडदार रुपमा उठाइएको छ। त्यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिमाना स

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ५६ पटक पढिएको
  • देवानगञ्ज गोलीकाण्ड : अमित यादवको हात काटियो, ८ घाइते अझै अस्पतालमै

    इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा गम्भीर घाइते अमित यादवको बायाँ हात काट्नुपरेको छ। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको अस्पताल प्रशासनले जनाएको छ। घटनाका क्रममा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो। विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो। कप्तानगञ्ज गोलीकाण्डमा घाइते भएका आठ जनाको उपचार अझै जारी छ। तीमध्ये दुई जनाको काठमाडौं र छ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसअघि उपचारकै क्रममा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ४६ पटक पढिएको
  • धनकुटामा खोजिंदै कोदोको उपयुक्त जात, बारीमै वैज्ञानिक परीक्षण

    धनकुटा। धनकुटामा १० जातको कोदो रोपेर उत्पादन, अनुकूलता र सम्भावनाको अध्ययन सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ८ खाम्बेलाको बारीमा १० जातका कोदो रोपेर परीक्षण सुरु गरिएको हो । एउटै बारीमा फरकफरक जातका कोदो रोपेर वैज्ञानिक अनुसन्धान सुरु गरिएको हो । झट्ट हेर्दा हेर्दा सामान्य कोदो खेतीजस्तै देखिए पनि साना–साना प्लटभित्र कोदो रोपेर अनुसन्धान सुरु गरिएको हो । कुन जातको कोदो यहाँको माटो र हावापानीमा राम्रो हुन्छ ? कुन जातले बढी उत्पादन दिन्छ ? किसानले कुन जात रोज्दा बढी लाभ लिन सक्छन् ? भन्ने बारेमा जानकारी लिन खाम्बेलामा कोदोका १० जातको जातीय परीक्षण सुरु गरिएको हो । स्थानीय समुदायदेखि कृषि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]