इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवास्थित रामबजारका प्रदीप श्रेष्ठको गर्मियाममा अधिकांश समय सर्प उद्धारमै बित्ने गरेको छ । उहाँले धनकुटासहित भोजपुर र सङ्खुवासभाका विभिन्न स्थानका घर तथा बस्ती आसपासका सर्प उद्धार गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म करिब चार सयभन्दा बढी सर्प उद्धार गरी सुरक्षित स्थानमा पु¥याउनुभएको छ । उहाँले किङकोब्रा, गोमन (स्पेक्टेकल्ड कोब्रा), करेत, -याट स्न्याकदेखि लिएर विभिन्न प्रजातिका सर्प उद्धार गर्नुभएको छ । पछिल्लो समय भने तराई क्षेत्रमा पाइने सर्पसमेत पहाडी क्षेत्रमा पाउने गरेको उहाँको अनुभव छ । पहाडमा पाइने रैथाने सर्प तराईमा पाइने सर्पको तुलनाम
इटहरी। तराईका जिल्लामा गर्मी बढेसँगै उत्तरपूर्वी मोरङको रमितेमा गर्मी छल्न पर्यटकको चहलपहल बढेको छ । महेन्द्र राजमार्ग अन्तर्गत मोरङको किसानचोकबाट करिब २२ किलोमिटर उत्तरमा रहेको मिक्लाजुङ गाउँपालिका–१ को रमिते समुद्र सतहदेखि करिब एक हजार पाँच सय मिटर उचाइमा छ । तराईमा तापव्रmम ३८/४० डिग्री सेल्सियस पुग्दा रमितेमा भने १८/१९ डिग्री आसपास हुने भएकाले गर्मी छल्न आन्तरिक पर्यटक रमिते पुग्न थालेका हुन् । दुई दिनको सरकारी बिदाले रमितेको पर्यटन र आर्थिक गतिविधि झनै चलायमान भएको छ । साउन ९/१० गतेपछि बढेको गर्मीले रमितेमा बास पाउनै मुस्किल हुन थालेको छ । होटेल व्यवसायी भोला लुइटेलले भन्नुभयो,
इटहरी। धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ । आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख
इटहरी। जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्रर्योटको अवस्थाबारे जानकारी दिएको हो । प्रहरीले २०८२ साल साउनदेखि २०८३ असार मसान्तभित्र दर्ता तथा फछ्रर्योट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँ
इटहरी। सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन (त्रिखुट्टी) का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोशी नदीकिनार क्षेत्रमा प्रोकोपाइनबा
इटहरी । रोटरी क्लब अफ इटहरीले इटहरीका १० हजार बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्यसहित वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ।क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको छ। यसै क्रममा क्लबले १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरेको छ। आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि जटिल बन्न सक्ने भएकाले यो अभियान सुरु गरिएको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो। अभियान अन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी
इटहरी । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्रीले सामुहिक राजीनामा दिएका छन् । विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामुहिक राजिनामा बुझाए पछि औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरु ४ वटा मन्त्रालय सहित ५ जना सहभागी थिए । राजिनामा बुझाउने बेला मन्त्री सुनुवार सहित पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्
इटहरी । शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक सेवाः हाम्रो प्रतिबद्धता, हाम्रो पहिचान’ भन्ने नाराका साथ गछिया युवा समाजले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । संस्थाले सुन्दरहरैँचा–५ स्थित श्रीलाल आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई ब्याग, कापी तथा पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो। गछिया युवा समाजका अध्यक्ष सरोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो। प्रमुख अतिथि चौधरीले बालबालिकाको शिक्षामा गरिने सहयोग समाज विकासको मूल आधार भएको बताउनुभयो। कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश थापाले शैक्षि
इटहरी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा मानिसलाई एउटा खुला पुस्तकका रूपमा अध्ययन गर्ने उद्देश्यले ‘चिया सँग कथा ः एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम सम्पन्न भएको छ। गोल्स फाउन्डेसनको आयोजना तथा एनवाईसिए विराटनगर र इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल, पूर्वाञ्चल विश्वविद्यालय शाखाको सहकार्यमा एलिट क्लबमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वातावरण पत्रकार डा. रामचन्द्र अधिकारीले वातावरण पत्रकारिताका आयाम र तथ्यपरक समाचार लेखनका अनुभव साट्नुभएको थियो । यस्तै, साहित्यकार सीमा आभासले महिलाका रूपमा भोगेका सामाजिक चुनौती र व्यक्तिगत संघर्षबारे चर्चा गर्नुभयो। त
इटहरी । पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावमा चुनौती देखिन थालेका बेला युवाको भूमिका र जिम्मेवारीबारे बहस आवश्यक रहेको सन्देशसहित मोरङको सुन्दरहरैंचामा नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवद्र्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालयकी समृद्धि लुईटेल प्रथम , सुकुना माध्यमिक विद्यालयकी रेमीका चौधरी द्वितीय, टेन्टरफिट बोर्डिङ स्कुलकी प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.