इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई सम्मानसहित बिदाइ गरिएको छ। विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै आयोजित कार्यक्रममा आगामी जीवनका लागि शुभकामना व्यक्त गरिएको हो । विसं २०४९ फागुन १९ देखि निजी स्रोतको नेपाली शिक्षकका रूपमा शिक्षण यात्रा सुरु गरी २०७० असोज १५ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका बुढाथोकी उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको हो। कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बुढाथोकीको कुशल नेतृत्व र शिक
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरस्थित वसन्त माध्यमिक विद्यालयमा विद्यालय, क्याम्पस तथा युवा लक्षित लागुऔषध नियन्त्रण् सम्बन्धी सचेतना, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गुल्म हेडक्वार्टर तेह्रथुमको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन वसन्त माध्यमिक विद्यालयले गरेको थियो भने लालीगुराँस नगरपालिकाले समन्वय गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता
इटहरी । सुनसरी जिल्ला अस्पतालमा विभेद र दुव्र्यवहार भोगेर बाहिरिनुपरेपछि कोशी अस्पतालको गेटमै शिशु जन्माउन बाध्य बनेकी सुनसरी, कोशी गाउँपालिका–३ निवासी २४ वर्षीया सर्मिला कुमारी सदाको घरमै पुगी कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । अति विपन्न दलित परिवारकी सर्मिलालाई व्यक्तिगत तर्फबाट खाद्यान्न तथा आमा–बच्चाका लागि आवश्यक कपडाहरू सहयोग गर्दै राज्यमन्त्री परियारले अमानवीय घटनाप्रति गम्भीर दुःख व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएको यो अमानवीय तथा गम्भीर लापरवाहीबारे प्रदेश सरकार र सम्बन्धित निकायमा कुरा उठा
इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी, सुनसरीले सञ्चार उद्यमी तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल सहित विभिन्न क्षेत्रका १६ विधामा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विराट टेलिभिजनका प्रबन्ध निर्देशक पौडेललाई सहकारीले सम्मान गरेको हो। संस्थाको २९ औँ स्थापना दिवसका अवसरमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। संस्थाकी अध्यक्ष मुना प्रसाईं तिम्सिनाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलको प्र
इटहरी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित ऐतिहासिक दुर्गाकाली मन्दिरमा फूलपातीदेखि लाग्ने दशैं मेलालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन विशेष सुरक्षा योजना लागू गरिने भएको छ। मेलामा आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन र सहज पूजाआजाका लागि आयोजकले आवश्यक तयारी तीव्र पारेको छ। पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी मेला क्षेत्रमा प्रहरी बिट स्थापना, प्रहरी तथा स्वयंसेवक परिचालन र भीडभाड हुने स्थानमा सीसीटीभी मार्फत निगरानी गरिने जानकारी दिएको छ । समितिका अध्यक्ष अनिलकुमार ठाकुरका अनुसार श्रद्धालुलाई सुरक्षित वातावरणमा पूजाआजाको व्यवस्था मिलाउनुका साथै व्यवस्थित पार्किङ र पार्कि
इटहरी । लायन्स क्लब अफ इटहरीले लियो क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ इटहरीको सहकार्यमा बराहक्षेत्र नगरपालिका वडा नं. २, जब्दीस्थित जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, फुटबल, भलिबल लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको लायन्स क्लब अफ इटहरीका अध्यक्ष बम मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई शैक्षिक र विद्यालयलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ इटहरीका अध्य
इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी, सुनसरीले सञ्चार उद्यमी तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेलसहित विभिन्न क्षेत्रका १६ विधामा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ।सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विराट टेलिभिजनका प्रबन्ध निर्देशक तथा कोशी प्रेसका अध्यक्ष विकल पौडेललाई सहकारीले सम्मान गरेको हो।संस्थाको २९औँ स्थापना दिवसका अवसरमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। संस्थाकी अध्यक्ष मुना प्रसाईं तिम्सिनाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका कार्यवाहक अध्य
इटहरी । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरीमा नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री तथा उपलब्धता सुरु गरेको छ। काठमाडौँमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टपछि मोटरसाइकल इटहरीस्थित तिरुपति अटो सिटीमा उपलब्ध गराइएको हो। ग्राहकले शोरुममै पुगेर मोटरसाइकल अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। १५५ सीसी लिक्विड–कुल्ड इन्जिन, VVA प्रविधि र ६–स्पिड गियरबक्स रहेको एक्सएसआर १५५ मा रेट्रो डिजाइनसँग आधुनिक प्रविधिको संयोजन गरिएको छ। नयाँ ब्लु भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा बजाजको विशेष ‘दशैं धमाका गेम अफ पावर’ योजना आजदेखि सुरु भएको छ । पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै असोज २२ गतेदेखि २७ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ। योजनाअन्तर्गत पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी आकर्षक सुविधाहरू समेटिएका छन्। मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो बाइकको अधिकतम मूल्यांकन (हाइएस्ट भ्यालुएसन), नयाँ सवारी खरिदमा न्यूनतम किस्ता (लोवेस्ट इएमआई), तत्कालै फाइनान्स (अन–द–स्पट फाइनान्स) तथा खरिदकर्तालाई निःशुल्क हेल्मेट उपलब्
इटहरी । पछिल्लो समय छाला, कपाल तथा सौन्दर्यसम्बन्धी समस्याका कारण उपचारका लागि विशेषज्ञ सेवाको माग बढिरहेका बेला सुनसरीको इटहरीमा रहेको एचएससी हेयर एन्ड स्किन केयर लेजर हस्पिटलले आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रियस्तरको सेवा विस्तार गरेको जनाएको छ । इटहरी–९, बसपार्कमा रहेको हस्पिटलले छाला तथा कपाल सम्बन्धी विभिन्न समस्या, लेजर उपचार तथा सौन्दर्य सम्बन्धी सेवाहरूलाई प्रविधिमैत्री र विशेषज्ञ सेवासहित अघि बढाएको हो। हस्पिटलले आयोजना गरेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा स्वास्थ्य तथा छाला रोगसम्बन्धी क्षेत्रमा कार्यरत विशेषज्ञ, सञ्चारकर्मी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.