इटहरी । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरीमा नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री तथा उपलब्धता सुरु गरेको छ। काठमाडौँमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टपछि मोटरसाइकल इटहरीस्थित तिरुपति अटो सिटीमा उपलब्ध गराइएको हो। ग्राहकले शोरुममै पुगेर मोटरसाइकल अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। १५५ सीसी लिक्विड–कुल्ड इन्जिन, VVA प्रविधि र ६–स्पिड गियरबक्स रहेको एक्सएसआर १५५ मा रेट्रो डिजाइनसँग आधुनिक प्रविधिको संयोजन गरिएको छ। नयाँ ब्लु भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा बजाजको विशेष ‘दशैं धमाका गेम अफ पावर’ योजना आजदेखि सुरु भएको छ । पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै असोज २२ गतेदेखि २७ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ। योजनाअन्तर्गत पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी आकर्षक सुविधाहरू समेटिएका छन्। मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो बाइकको अधिकतम मूल्यांकन (हाइएस्ट भ्यालुएसन), नयाँ सवारी खरिदमा न्यूनतम किस्ता (लोवेस्ट इएमआई), तत्कालै फाइनान्स (अन–द–स्पट फाइनान्स) तथा खरिदकर्तालाई निःशुल्क हेल्मेट उपलब्
इटहरी । पछिल्लो समय छाला, कपाल तथा सौन्दर्यसम्बन्धी समस्याका कारण उपचारका लागि विशेषज्ञ सेवाको माग बढिरहेका बेला सुनसरीको इटहरीमा रहेको एचएससी हेयर एन्ड स्किन केयर लेजर हस्पिटलले आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रियस्तरको सेवा विस्तार गरेको जनाएको छ । इटहरी–९, बसपार्कमा रहेको हस्पिटलले छाला तथा कपाल सम्बन्धी विभिन्न समस्या, लेजर उपचार तथा सौन्दर्य सम्बन्धी सेवाहरूलाई प्रविधिमैत्री र विशेषज्ञ सेवासहित अघि बढाएको हो। हस्पिटलले आयोजना गरेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा स्वास्थ्य तथा छाला रोगसम्बन्धी क्षेत्रमा कार्यरत विशेषज्ञ, सञ्चारकर्मी
इटहरी। सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०।५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट लागूऔषध नियन्त्रणका लागि परिचालित प्रहरी टोली ९पीआईटी० र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो ।त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले ब्राउन सुगरजस्तो दे
इटहरी । मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन् । लिम्बूलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार लिम्बूले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको तयारी अवस्थामा रहेको एक थान भरुवा बन्दुक र एक थान दबासवाला बन्दुक बर
इटहरी। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ ।नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा ७४ वटा फर्मको निरीक्षण गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पनवराज कोइरालाले जानकारी दिए । उपभोक्ताको गुनासो सम्बोधन, कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण, उपभोग्य वस्तुको गुणस्तर तथा मूल्य नियन्त्रण, नापतौलको शुद्धता र व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले संयुक्त बजार अनुगमन गरिएको कोइरालाले बताए ।उनका अनुसार अनुगमनका क्रममा खाद
इटहरी । बराहक्षेत्र नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई निरन्तरता दिएको छ।नगर क्षेत्रका पसलहरूमा खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिएको हो। उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए।बजारबाट उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यमा एकरूपता, कानुनी प्रमाण, ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोलालगायतका विषयमा केन्द्रित भएर बुध
इटहरी। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो क्षेत्रबाट फर्कने क्रममा बेपत्ता भएका एक चिनियाँ पर्यटकको शव जटिल र विकट भौगोलिक खोचबाट फेला पारी निकालिएको छ ।छिमेकी मुलुक चीनका नागरिक चेन छियान गोक्यो क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा मृतकको शव फोर्चे क्षेत्रस्थित थाङ्गे भीरबाट करिब पाँच सय मिटर तल विशाल चट्टानी खोचमा लडेर मृत अवस्थामा फेला पारेको हो । हेलिकप्टरबाहेक अन्य माध्यमबाट उद्धार कार्य गर्न लगभग असम्भव मानिएको उक्त गहिरो र जटिल चट्टानी खोचबाट सुरक्षाकर्
इटहरी। धनकुटामा एक वर्षको अवधिमा भएका विकास निर्माण तथा सरकारी कार्यक्रमको प्रगति समीक्षा गर्दा खानेपानी, सडक, पुल, भवन, स्वास्थ्य संस्थालगायतका पूर्वाधार निर्माणको अवस्थासहित तथ्यांक प्रस्तुत गर्नुपर्ने पूर्वमन्त्री राजेन्द्रकुमार राईले बताउनुभएको छ ।जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा बिहीबार आयोजित ‘स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान तथा आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जिल्लामा भएका कामको वास्तविक अवस्था तथ्यांकका आधारमा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूले आ–आफ्नो क्
इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ प्रतियोगिता असोज २३ गतेदेखि श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको हो ।प्रकाशपुर युवा जमातको आयोजनामा हुने प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् । प्रकाशपुर युवा जमातका अध्यक्ष मनिष मगरका अनुसार वराहक्षेत्र नगरपालिकामै पहिलोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । दिवङ्गत प्रदीप राईको स्मृतिमा प्रतियोगिता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.