समाचार

    Showing २,३२१-२,३३० of १२,३९० items.
  • दुहबीमा जिल्ला स्तरीय प्रतिभा पहिचान तथा समावेशी खेलकुद कार्यक्रम सम्पन्न

    इटहरी | सुनसरीको दुहबी नगरपालिका–२ तुताहामा रहेको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा सञ्चालित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय मा जिल्ला स्तरीय प्रतिभा पहिचान तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ।“समान अवसर, समान सम्मान, सबै क्षमताको पहिचान, समावेशी खेलकुदबाट उज्यालो भविष्य निर्माण– हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत कुमार तामाङको सभापतित्व तथा दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।बिहीबार बिहान सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोज कार्कीले गर्नुभएको थियो। स्वागत मन्तव्

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ४३८ पटक पढिएको
  • आगामी आर्थिक वर्षका आयोजना राष्ट्रिय योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

    इटहरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने आयोजनाहरु राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको छ । विराटनगरमा बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको भने आयोजना

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६६ पटक पढिएको
  • वराहक्षेत्र नगरपालिका द्धारा बाङ्गे बजारमा अनुगमन

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको, म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप–प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलयमा गर्नु पर्ने दर्ता प्रकृया , राजश्वको रसिद ,बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एक

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १५३ पटक पढिएको
  • हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जित्यो

    इटहरी । हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जितेको छ । इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा गत वर्षको उपविजेता सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो । निर्धारित समयको १९ औं मिनेटमा विश्व आदर्शका दिनेश गौतमले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुष्मा गोदावरीका शिव राईले गोल फर्काएपछि खेल बराबरीमा आयो । बाँकी समय दुवै टिमले गोल ग

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १७३ पटक पढिएको
  • सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा रास्वापा झनझन बलियो, जसपा नेपालका जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा प्रवेश

    इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को संगठनात्मक आधार झनै मजबुत बन्दै गएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सुनसरी जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ताहरू रास्वापामा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा कर्ण सहित उहाँका समर्थकहरूलाई रास्वापाका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गरेका थिए । प्रवेश कार्यक्रममा बोल्दै हरिशंकर कर्णले देशमा सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका कारण रास्वापा रोजेको बताउनुभयो । उहाँले क्षेत्र नं. ३ मा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रास्वापा

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २३४ पटक पढिएको
  • क्यान्सर जोखिम घटाउन भोजपुरको पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान सुरु

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ । किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाभित्र रहेका आठ वटा माध्यमिक तथा आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९० जना किशोरीलाई खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २८, २९ र फागुन १ गतेसम्म तीन दिनसम्म खोप अभियान सञ्चालन हुने छ । उहाँले विद्यालयमै पुगेर खोप प्रदान गर्ने व्यवस्था मिलाइएको

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६७ पटक पढिएको
  • दिक्तेललाई पूर्वी तराईसँग सिधा जोड्ने २५ किमि छोटो सडक खुलाउने महभिर फोड्ने काम सुरु

    इटहरी । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । सो चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयको निवर्तमान मन्त्री भुपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा २ करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङ

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १८३ पटक पढिएको
  • जनतासँग भेटघाट तथा घरदैलोमा सुजन लामा, मतदाता भन्छन्ः जनताको दुःख बुझ्ने लामालाई जिताउछौँ

    सुनसरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदातासँग संवादमा व्यस्त देखिनुभएको हो । यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने अपेक्षासहित लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको छ । बुधबार लामा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ तथा जनता बस्तीका विभिन्न टोलमा पुग्नुभएको थियो । घरदैलोका क्रममा उहाँले स्थानीयसँग आत्मीय संवाद गर्दै श

    • प्रकाशित मितिः माघ २९, २०८२
    • ३४४ पटक पढिएको
  • भोजपुरमा मत बदर रोक्न फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम

    इटहरी । भोजपुर जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयले आसन्न  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो । मतदातालाई सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराइने उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन् । प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन् । सार्वजनिकस्थल

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १९० पटक पढिएको
  • ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट

    इटहरी । ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट गरेको हो ।आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न जिल्ला निर्वाचन कार्यालयले स्वयंसेवक छनोट गरेको हो । जिल्लाका ६१ वटै वडामा परिचालित हुने (खटिने) मतदाता शिक्षा स्वयंसेवक छनोट जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल(विपिन)ं का अनुसार मतदाता शिक्षा स्वयंसेवक छनोट गरी उनीहरुलाई तालिम दिन थालिएको

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]