इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित त्रीवेणी टोल विकास संस्थाले बिहीबार नवौ साधारणसभा तथा अधिवेशन भब्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष वेणु प्रसाद पौडेलको सभाध्यक्षमा सम्पन्न सभाले टोललाइ थप कृयाशिल र शसक्त बनाउन सबै सँग सहकार्य गरि अघि बढने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरका प्रवक्ता तथा ६ नं वडाध्यक्ष दिवश पोख्रेलले ६ नं वडालाइ नगरकै नमुना वडा बनाउन आफ्नो नेतृत्वमा धेरै राम्रा राम्रा कामहरू भइसकेको र केहि प्रक्रियागत ढंगबाट भइरहेको पनि बताउनुभयो ।
इटहरी मुख्य चौक व्यवस्थित बनाउने देखि भित्री सडक कालोपत्रे हुदै अहिले सबै वडामा सिसि टिभी जडान गरिसकेको पनि वडाध्यक्ष पोख्रेलले बताउनुभयो । उहाँले त्रीवेणी टोललाइ पनि आवश्यक उपकरण बितरण देखि बिभिन्न भौतिक निर्माणमा सहकार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष पौडेलले संस्थाले अहिले सम्म गरेको प्रगति विवरणहरू सभामा पेस गरेका थिए । अध्यक्ष पौडेलले टोलमा ६३ घर धुरि सक्रिय रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै प्रत्येक घरबाट मासिक १ सय रूपैया बचत गरि टोलको सरसफाइ लगायतमा खर्च गर्नेे गरेको बताउनुभयो ।
कार्यक्रममा टोल सुधारात्मक गतिविधिमा महत्वपुर्ण भुमीका निर्वाह गर्नुहुने ज्येष्ठ नागरिक पवित्रा कुमारी पोख्रेल,लक्षमी माया राई , पुण माया भण्डारीलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित टोलवासिहरूले वडाध्यक्षबाट पाएको सहयोगको खुलेर प्रसंसा गरेका थिए । टोलबासिले अपुरो रहेको काम समयमै सम्पन्न गराइदिन वडाध्क्षय पोख्रेल समक्ष अनुरोध पनि गरे ।
कार्यक्रममा बिभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो ।यसैबिच अधिवेशन संगै त्रीवेणी टाेल बिकास संस्थाकाे अध्यक्षमा लक्ष्मी बराल निर्वाचित भएकी छिन । उपाध्यमा नारायण तिमसिना , सचिव सुजता त्रीताल,सहसचिवमा सरिता गेलाल ,काेषाध्यक्षमा सान्ता भट्टराइ र अन्य सदस्यमा सर्वसममत चयन भएका हुन ।


