इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनकुटामा क्षेत्रीय तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु भएको छ ।धनकुटा सदरमुकामस्थित सामुदायिक हलमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेको छ । आजको अधिवेशनबाट धनकुटाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् ।क्षेत्र ‘ख’ बाट पनि १८ सदस्यीय क्षेत्रीय कार्यसमिति र विभिन्न क्लस्टरबाट २४ जना प्रदेश प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय
इटहरी। वर्षा रोकिएसँगै सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव क्रमिक रूपमा घट्दो क्रममा रहेको छ।शनिबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ९८ हजार २७५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी हेम ओलीले जानकारी दिए। कोशी ब्यारेजस्थित जलमापन केन्द्रका अनुसार नदीको बहाव घट्दो क्रममा रहे पनि हाल खतराको तहभन्दा माथि रहेको छ।पानीको निकास सहज बनाउन ब्यारेजका ३९ वटा ढोका खोलिएका छन्। पानीको बहाव घट्दो क्रममा रहे पनि खतराको तहभन्दा माथि रहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
इटहरी। कोशी नदीमा पानीको बहाव र जलसतहको अवस्थाबारे जानकारी लिन नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा नेपाली अधिकारी तथा भारतको सुपौल जिल्लाका जिल्ला अधिकारी शावन कुमारसहितको टोलीले शनिबार कोशी ब्यारेजको निरीक्षण गरेको हो ।निरीक्षणका क्रममा नेपाल र भारततर्फका अधिकारीले कोशी ब्यारेजमा पानीको बहाव, जलसतह, खोलिएका ढोका तथा तटीय क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे जानकारी लिएका थिए । निरीक्षणमा सुनसरीतर्फका सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनुहुन्थ्यो । शनिबार दिउँसो १स् १५ बजेको
इटहरी – लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ ।वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ।वर्षाले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुलेको आकाशले इलामको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ । केही दिनदेखि लगातार वर्षाका कारण धुम्मिएको वातावरण घाम लागेसँगै खुलेपछि स्थानीयवासी तथा आगन्तुकले समेत खुलेको मौसमको आनन्द लिएका छन् ।वर्षापछिको
इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरीले रु। चार लाख ५० हजार मूल्य बराबरका भन्सार छलीका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ।भारतबाट अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा को २ ह २७५१ नम्बरको टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी रामगञ्ज बेलगछिया, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ बजे सवारी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका लत्ताकपडा फेला पारेको हो। पक्राउ परेका खड्का,
इटहरी। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो । प्रदेश सरकारहरूले भोग्नुपरेका समस्याहरूको पहिचान गर्दै संघीय संरचनालाई थप सुदृढ बनाउने मुख्य उद्देश्यसहित आयोजना हुन लागेको यस सम्मेलनको तयारी प्रदेश सरकारले अघि बढाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका चुनौती, प्रदेशहरूले गरेका असल
इटहरी स् ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’ भन्ने खबर सुन्न पाइएला । तर २९ दिनसम्म न फोन आयो, न छोराबुहारीको कुनै अत्तोपत्तो लाग्यो । अन्ततः शुक्रबार उनले छोराबुहारीको अन्त्येष्टि संस्कार गरे ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्काको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो । ६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थिए । धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवामा आएर रोकियो ।
इटहरी स् श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति नै ल्याएका छन् ।दुई दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरू अहिले रूखो हुँदै गएका छन् । तर, यही रूखो जमिनमा किसानले तरकारी लगाएर विदेशमा भन्दा राम्रो कमाई गरिरहेका छन् । श्रीलंका टापुका केही सीमित परिवारबाहेक बाह्रै मास कोही फुर्सदिला हुँदैनन् । यस क्षेत्रका गन्यमान्यमा पर्ने अर्जुन चन्द्रवंशीका चार जना छोराहरू मिलेर तरकारी खेती गर्दै आएका छन् । अर्जुनका छोराहरू रामविलाश, लक्ष्मण, श्रीराम र जाब्दी वाच्छाधनले टमाटर खेती गरेर वार्षिक कम्तीमा ६० लाख कमाई गर्छन् । यस वर्
इटहरी। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उदयपुरको ताप्ली गाउँपालिकामा १८ वर्षीय युवा दिनेश सुर्खेती पालिका सहसचिव तथा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।सानै उमेरमा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण जिम्मेवारी पाएका सुर्खेती ताप्ली गाउँपालिकाको पालिका सहसचिवसँगै क्षेत्रीय प्रतिनिधि बनेका हुन्। उनको चयनसँगै कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको सहभागिता र नेतृत्वप्रति चासो बढ्दै गएको देखिएको छ।१८ वर्षकै उमेरमा पार्टीको पालिका तहको जिम्मेवारीसँगै क्षेत्रीय प्रतिनिधिको भूमिका पाएका सुर्खेतीले युवा पुस्तालाई राजनीतिमा सक्रिय रूपमा जोड्दै संगठनलाई थप गतिशील बनाउन आफ्नो भूमिका प्रभ
इटहरी। आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने सम्मेलन आयोजना हुने भएको छ।कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ। सम्मेलनमा प्रदेशमा देखिएका समस्या, संघीयता कार्यान्वयनका चुनौती तथा संघीयतालाई थप बलियो बनाउन अपनाउनुपर्ने उपायका विषयमा छलफल हुने भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले अपनाएका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनको आवश्यक तयारी तथा समन्वयको जिम्मे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.