समाचार

    Showing १,४७१-१,४८० of १३,३५० items.
  • झापाको मेचीनगरमा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका ६ वर्षीय बालक सम्भव बुर्जा मगरको मृत्यु

    इटहरी । झापामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित भित्री पक्की सडक खण्डमा मंगलबार दुर्घटना भएको हो । प्रहरीका अनुसार राईसिङडाँडादेखि बडाखालतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प १८४१ नम्बरको मोटरसाइकलले मेचीनगर–४ का हरि बुर्जा मगरका छोरा ६ वर्षीय सम्भव बुर्जा मगरलाई ठक्कर दिएको थियो । सडक पार गर्दै गरेको अवस्थामा मंगलबार अपरान्ह ४ः३० बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहानका राति मृत्यु भएको जानकारी प्र

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २२२ पटक पढिएको
  • विराटनगरमा लापसे गरेर सवारी चलाउने १० चालक पक्राउ, नौ सिटी सफारी र एक मोटरसाइकल नियन्त्रणमा

    इटहरी । मोरङ प्रहरीले लागुऔषध सेवन ९लापसे० गरेर सवारीसाधन चलाइरहेका १० जना चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मंगलबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। चिकित्सकको उपस्थितिमा लापसे परीक्षण किट प्रयोग गरी गरिएको परीक्षणमा १० जना चालकमा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २६९ पटक पढिएको
  • विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस अवस्थामा भेटिएका खोटाङ कारागारका २४ वर्षीय कैदी निशान राईको शङ्कास्पद मृत्यु

    इटहरी । विश्वकप फुटबल हेर्न उठाउँदा बेहोस अवस्थामा भेटिएका खोटाङ कारागारका २४ वर्षीय एक कैदीको मृत्यु भएको छ।मृत्यु हुनेमा साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निशान राई रहेका छन्। उनी खोटाङ कारागारमा कैद सजाय भोगिरहेका थिए। कारागार प्रशासनका अनुसार मंगलबार राति खाना खाएर सुतेका राईलाई राति करिब १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि उनका साथीहरूले उठाउने प्रयास गरेका थिए। तर उठाउँदा उनी बेहोस अवस्थामा भेटिएका थिए।त्यसपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक रूपमा मृत्युको कारण खु

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २६४ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिकाद्वारा शिक्षक दरबन्दी मिलान कार्यविधि २०८३ु जारीस् कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

    इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालित विद्यालयमा न्यूनतम् विद्यार्थी सङ्ख्या २० भन्दा कमी भएमा विद्यालयलाई एक तह घटुवा गर्ने भएको छ । नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि २०८३ जारी गर्दै विद्यार्थी सङ्ख्याको अनुपातका आधारमा शिक्षकको व्यवस्थापन गर्न यस्तो गर्ने भएको हो । यो सँगै विषयगत शिक्षक समेतको व्यवस्थापन गरिने फुङलिङ नगर प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आधारभूत तह कक्षा १–३, कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा कम्तिमा २० जना विद्यार्थी भएमा न्यूनतम् १ जना शिक्षक दरबन्दी रहने नीति ल्याएको हो ।यो सँगै नगरपालिकाले प्रत्ये

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १८३ पटक पढिएको
  • डिभिजन वन कार्यालय भोजपुर र स्थानीयको श्रमदानमा पाँच लाख ३८ हजारको लागतमा पोखरी निर्माण,सुक्खायाममा वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुग्ने

    इटहरी  ।  वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो । वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताउनुभयो । डिभिजन वन कार्यालयका व

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ९७ पटक पढिएको
  • इलामको माईखोला–राजदुवालीमा सडक भासिँदा पूर्वी पहाडमा आपूर्ति सङ्कट,पाँचथरका अधिकांश पेट्रोल पम्प बन्द, सवारीसाधन सञ्चालनमा सास्ती

    इटहरी। मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली क्षेत्रमा सडक भासिएर यातायात अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङमा खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थको अभाव चुलिएको छ। आपूर्ति अनिश्चित बनेसँगै उपभोक्ता वैकल्पिक रूपमा विद्युतीय चुलो खरिद गर्न बाध्य भएका छन्। पाँचथरमा असार ३ गतेयता एलपी ग्यासको नयाँ आपूर्ति हुन सकेको छैन। यस्तै, पेट्रोलियम पदार्थको नियमित आपूर्ति रोकिएको पनि करिब दुई साता पुग्न लागेको व्यवसायीले बताएका छन्। जिल्लाका अधिकांश ग्यास डिपो र पेट्रोल पम्पमा मौज्दात सकिँदै गएपछि उपभोक्ताले आवश्यक वस्तु सहज रूपमा पाउन छाडेका छन्।यसअघि झापाको चारआलीबाट इलाम हुँदै पाँचथर र ता

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १०१ पटक पढिएको
  • ठेकेदारको चरम लापर्बाहीले उदयपुरको गाईघाटमा निर्माणाधीन त्रियुगा बसपार्क अलपत्र,पाँच वर्ष बित्दा पनि काम नसकिँदा यात्रु र व्यवसायी मर्कामा

    इटहरी  । जिल्ला सदरमुकाम गाईघाटस्थित निर्माणाधीन त्रियुगा बसपार्क निर्माणमा भएको ढिलासुस्तीले यात्रु सास्ती खेप्न बाध्य हुँदै आएका छन् । झन्डै पाँच वर्ष पहिले नै सम्पन्न गरी सञ्चालनमा ल्याइसक्नुपर्ने बसपार्कको निर्माण ठेकेदार कम्पनीको चरम लापर्बाहीले अहिलेसम्म अलपत्र हुँदै आएको हो । बढ्दो सहरीकरणसँगै हुने जनसङ्ख्याको उच्च चापलाई लक्षित गरी सहज रूपमा सवारी सुविधा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेशकै नमुना बसपार्कका रूपमा विकास गर्ने भनी २०७६ सालमै सम्झौता गरेर निर्माण सुरु गरेको कम्पनीले लापर्बाही गरेपछि गाईघाटमा निर्माणाधीन अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको काम बर्सौंदेखि अलपत्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ११८ पटक पढिएको
  • कोशी प्रदेशमा आन्तरिक बसाइँसराइ दर देशभरमै उच्च,पहाड फर्केर घरजग्गा किन्नेलाई रजिस्ट्रेसन शुल्कमा पूर्ण छुट दिने सरकारको घोषणा

    इटहरी । कोशी प्रदेशमा आन्तरिक बसाइँसराइको दर देशभरमै उच्च देखिएको छ । कृषि उत्पादनबाट मात्रै जीवन धान्न मुस्किल हुनु र स्थानीयस्तरमा रोजगारीका पर्याप्त अवसर नजुट्दा पहाडी क्षेत्रबाट मधेशतर्फ बसाइँ सर्ने क्रम तीव्र बनेको हो । कोशी प्रदेश योजना आयोगले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार प्रदेशका पहाडी र हिमाली जिल्लाबाट हुने बसाइँसराइको दर निकै उच्च देखिएको छ । योजना आयोगका तर्फबाट अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता चेतन धमलाले कोशी प्रदेशमा अन्य छ प्रदेशको तुलनामा सबैभन्दा बढी ऋणात्मक बसाइँसराइ रहेको जानकारी दिनुभयो । अध्ययनका व्रmममा पहाड छाड्नुमा ३१।९ प्रतिशतले रोजगारी

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ११८ पटक पढिएको
  • लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्क,संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर वार्षिक करोडौं आम्दानी गर्ने वसन्तपुरको महत्त्वाकाङ्क्षी लक्ष्य

    इटहरी। तेह्रथुमको वसन्तपुर बजारनजिक अवस्थित चोत्लुङ पार्क पर्यटकीय स्थलसँगै याक्थुङ ९लिम्बू० संस्कृति, मुन्धुमी परम्परा र इतिहास अध्ययनको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ।पृथ्वीनारायण शाह र लिम्बुवानबिच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्का तथा ऐतिहासिक दस्तावेज सङ्ग्रह गरी राखिएपछि यो पार्क आगन्तुकका लागि संस्कृति, मुन्धुम र इतिहास अध्ययनको केन्द्र बन्दै गएको हो। लालीगुराँस नगरपालिकाको सेवा केन्द्र वसन्तपुर बजारसँगै निर्माण गरिएको चोत्लुङ पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ। पार्कमा रैथाने वास्तुकला र विभिन्न शैलीका संरचना निर्माण गरिएका छन्। ढुङ्गाले छाप

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १०८ पटक पढिएको
  • तेह्रथुम–धनकुटा सिमास्थित चित्रे बजारमा सवारी साधनको निःशुल्क प्राविधिक परीक्षण, सडक सुरक्षामा जोड

    इटहरी । तेह्रथुम र धनकुटाको सिमास्थित चित्रे बजारमा साना तथा ठूला सवारी साधनहरूको निःशुल्क यान्त्रिक (प्राविधिक) परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम, जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बासन्तपुर तथा यातायात व्यवस्था कार्यालय धनकुटाको संयुक्त पहलमा आयोजित कार्यक्रममा सवारी साधनहरूको ब्रेक, लाइट, टायर, इन्जिन लगायतका प्राविधिक अवस्थाको परीक्षण गरी चालक तथा सवारीधनीलाई सुरक्षित यात्रा सम्बन्धी आवश्यक सुझाव प्रदान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्णक

    • प्रकाशित मितिः असार ३१, २०८३
    • ७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]