इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार घाइते ओमप्रकाश मेहताको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि सोमबार बिहान पनि अर्का एक घाइतेको मृत्यु भएको थियो। मृतक दुवै जनाको नाम ओमप्रकाश मेहता रहेको अध्यक्षले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा ९ जना सर्वसाधारण घाइते भएका थिए। झडपमा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन्। घाइतेहरूको स
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २, आयुर्वेदिक टोलस्थित ‘माया घर नेपाल’को नवनिर्मित ३ तले पक्की भवनको सोमबार एक विशेष समारोहका बिच औपचारिक समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।सडक मानव, असहाय, मानसिक स्वास्थ्य समस्या भएका तथा बेवारिसे व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनस्र्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको माया घर नेपाल केन्द्रीय कार्यालय इटहरीको प्राङगणमा नव निर्मित भवनको उदघाटन र हस्तान्तरण एकै साथ सम्पन्न भएको हो । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन एलसिआइएफको वित्तीय सहयोग तथा स्थानीय लायन्स क्लबहरूको पहलमा निर्माण सम्पन्न भएको ‘लायन्स माया घर’ भवन
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ।आइतबार राति दुई समूहबिचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा
इटहरी । तरहराको युनाइटेड क्लब अफ तरहराले ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बुद्धचोकस्थित बहुभाषी खेलमैदान, तरहरामा साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू दैनिक दिउँसो ३ बजेदेखि सुरु हुनेछन्।प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड क्लब ९मोरङ०, मधेशा फुटबल क्लब ९इनरुवा०, शुभ बिहानी क्लब ९रामधुनी०, युनाइटेड क्लब अफ तरहरा ‘ए’, शान्तिनगर एफसी ९इटहरी०, सतिसाले स्पोर्ट्
इटहरी । विश्व मानव बेचबिखनविरोधी दिवसका अवसरमा नेपाल–भारत सीमा क्षेत्र काँकडभिट्टा–पानीट्यांकीमा मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको छ।उपमहानिरीक्षक क्षेत्रीय मुख्यालय रानीडंगाको निर्देशनमा ४१औँ वाहिनी सशस्त्र सीमा बल ९एसएसबी० रानीडंगा र सेवा केन्द्र सिलिगुडीको संयुक्त आयोजनामा बुधबार र्याली सम्पन्न भएको हो। र्यालीको शुभारम्भ ४१औँ वाहिनी रानीडंगाका उप–कमाण्डेन्ट धीरज पवारले गरेका थिए।सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै दुई देशका सुरक्षा निकाय र सरोकारवालाबीच समन्वय सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आय
इटहरी । साउनको दोस्रो सोमबार देशभरका शिवालयहरूमा जल अर्पण गर्ने भक्तजनको घुइँचो लाग्दा सुनसरीको इटहरी–२ स्थित त्रिनेत्र मोक्षधाममा पनि उल्लेख्य भीड लागेको छ । धाममा स्थापित १०८ शिवलिङ्गको दर्शन तथा जल अर्पण गर्न बिहान ५ बजेदेखि नै भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो। धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित यस मोक्षधाममा साउन महिनाभर बोलबम मेला सञ्चालन भइरहेको छ। धाम स्थापना भएपछि पहिलोपटक आयोजित यस मेलामा सोमबार १ हजार १ सय ४ जना भक्तजनले जल अर्पण तथा प्रसाद ग्रहण गरेको मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो । भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा दर्शन ग
इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ ।आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता
इटहरी । मोरङ प्रहरीले एक नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्षी नगरपालिकाकी एक नाबालिकालाई ललाइफकाइ विभिन्न क्याफेमा लगेर जबर्जस्ती करणी गरिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको हो ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साउन ३ गते बिहान करिब ९ बजे रंगेली नगरपालिका–३ का १८ वर्षीय सिटी सफारी चालक मोम्मद अरमानले नाबालिकालाई रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक सुनबर्षी नगरपालिका–१ निवासी २१ वर्षीय सुमनकुमार साहले पनि नाबालिकामाथि जबर्जस्ती कर
इटहरी । विद्यालयलाई सामान्यतया विद्यार्थीले शैक्षिक ज्ञान र सीप हासिल गर्ने थलोका रूपमा लिइन्छ। कतिपय विद्यालयमा आवश्यक स्रोतसाधनको अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती हुने गरेको छ। तर, सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले भने शैक्षिक ज्ञानसँगै पुरातात्विक सामग्रीको संरक्षण गर्दै विद्यालयमै संग्रहालय स्थापना गरेको छ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको उक्त विद्यालय विश्वकै होचो अरुण उपत्यकामा अवस्थित छ। समुद्री सतहबाट ४५७ मिटर उचाइमा रहेको तुम्लिङटारमा वि।सं। २०१६ सालमा स्थापना भएको यस विद्यालयले २०७३ सालदेखि माध्यमिक तहमा प्राविधि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.