समाचार

    Showing १,२२१-१,२३० of १२,३४६ items.
  • पथरी शनिश्चरेमा बालबालिका तथा खेलाडीहरुको दुर्घटना बिमा सम्पन्न

    इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडा भित्रका ३ बर्षदेखी १५ बर्षसम्मका सम्पुर्ण बालबालिका र १९ बर्षसम्मका युवा खेलाडीहरुको दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गन दुर्घटना बीमा कार्यक्रम सुरुवात गरेको छ । बैशाख १५, १६ र १७ गतेसम्म संचालन भएको बिमा शिविरमा ६ सय ६७ जना बालबालिका तथा खेलाडीहरुको बिमा भएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो । पथरी शनिश्चरे नगरपालिकामा नै सरकारी तवरमा पहिलो पटक वडाभित्रका खेलाडी तथा सबै बालबालिकाको दुर्घटना बिमा वडा नम्बर ८ ले गरेको हो । मेट लाइफ अमेरीकन लाइफ इन्स्योरेन्स कम्पनी सगँको सहकार्यमा भएको बिमा कार्यक्रम अन्तर्गत एक बर्षभित्र   

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १४३ पटक पढिएको
  • बराहक्षेत्र–९ को निःशुल्क उद्घोषण तालिम प्रभावकारी

    इटहरी । बराहक्षेत्र नगरपालिका वडा नं. ९ को आयोजना, आर्थिक सहयोग तथा न्यु स्टार टेक्निकल इन्स्टिच्युटको समन्वयमा सञ्चालित चार दिने निःशुल्क उद्घोषण तालिम सम्पन्न भएको छ । वडाभरिका ३० जना युवाहरूलाई सार्वजनिक रूपमा आफ्ना भावना व्यक्त गर्न सक्षम बनाउने र मञ्चको डर हटाउने उद्देश्यले आयोजित यस तालिममा सहभागीहरूलाई आवाजको उतारचढाव, शब्द चयन र श्रोताको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्ने सीप सिकाइएको थियो। समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रमेश कार्कीले सहभागी विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिबाट गौरवान्वित महसुस गरेको बताउँदै यस्ता कार्यक्रमले युवाको नेतृत्वदायी क्षमता अभिवृद्धिमा महत्त

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १३६ पटक पढिएको
  • हुलाकमार्फत घरमै राहदानी पुग्ने सेवा उदयपुरमा सुरु

    इटहरी । अब उदयपुरका नागरिकले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।\ नेपाल सरकारको शासकीय सुधार अन्तर्गत सुरु गरिएको नयाँ व्यवस्थाअनुसार हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने सेवा उदयपुरमा औपचारिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो। सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबीच हिजो वैशाख १७ गते सम्झौता भई से

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १४२ पटक पढिएको
  • एकै दिन एक्काइस जना फरार प्रतिबादी पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय उदयपुरले एकैदिन विभिन्न मुद्दाका एक्काइस जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत उदयपुरका बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरु एकै पटक पक्राउ गरिएको हो । विभिन्न मितिमा अदालतबाट दोषी करार भै सजाय तथा कैद जरिवाना तोकिएका २१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको र फैसला कार्यान्वयनकालागि सम्मानित जिल्ला अदालत उदयपुुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका मध्ये गाली बेइज्जती मुद्दाका ८ जना, कुटपिट मुद्दाका ६ जना, जालस

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १०० पटक पढिएको
  • इटहरीको आपगाछीमा रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव मनायो

    इटहरी | सुनसरीको व्यस्त बजार क्षेत्र आपगाछीमा अवस्थित काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। इटहरी उपमहानगरपालिका–१, सोल्टी वेस्टएन्ड अगाडि रहेको उक्त रिसोर्टले वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विशेष परिकार, आकर्षक सेवा र छुटको व्यवस्था गर्दै उत्सवलाई अझ विशेष बनाएको थियो।वार्षिकोत्सव कार्यक्रममा होटलका सम्पूर्ण कर्मचारीहरू भेला भई केक काटेर हर्षोल्लासका साथ उत्सव मनाएका थिए। संगीत, रमाइलो वातावरण र स्वादिष्ट खानाका बीच ग्राहकहरूले पनि उत्सवको भरपूर आनन्द लिएका थिए। कार्यक्रमले रिसोर्टको सफल एक वर्षे यात्रालाई स्मरणीय बनाएको सञ्चालक पक्षले जनाएको छ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ३७५ पटक पढिएको
  • मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

    इटहरी ।  मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उद्योग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको कामसमेत प्रभावित भएको छ । प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसर र बेलबारी नगरपालिकाअन्तर्गत पर्ने चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो । कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिटी र अलकत्राको मिश्रण) उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्स्ट्रक्सनले निर्म

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १६४ पटक पढिएको
  • ताप्लेजुङमा गोलिया काठ र जडीबुटीजन्य वस्तु निकासीबाट करिब साढे पाँच करोड रुपियाँ राजस्व सङ्कलन

    इटहरी । ताप्लेजुङमा गोलिया काठ र जडीबुटीजन्य वस्तु निकासीबाट करिब साढे पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनाको अवधिमा डिभिजन वन कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गोलिया काठ र जडीबुटी निकासीबाट कुल पाँच करोड ४३ लाख ९९ हजार २१२ रुपियाँ राजस्व सङ्कलन भएको छ । कुल रकममध्ये गोलिया काठ निकासीबाट मात्रै पाँच करोड ३९ लाख ४४ हजार ४३१ रुपियाँ राजस्व प्राप्त भएको यादवले जानकारी दिनुभयो । गोलिया काठ निकासीबाट सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारको खातामा जम्मा हुने मूल्य

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १५० पटक पढिएको
  • झापामा स्कुल बस दुर्घटना हुँदा एक दर्जन विद्यार्थी घाइते

    इटहरी । झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काका अनुसार बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बस दुर्घटना भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार बाटोमा निस्किएको प्र १–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।ठक्करपछि बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १३ जना विद्यार्थी घाइते बनेकाछन् । बसमा २० जना विद्यार्थी सवार रहेका थिए । दु

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २११ पटक पढिएको
  • भारतीय कडाइले नेपाली चिया निर्यात सङ्कटमा

    इटहरी । नेपाली चिया निर्यातको ठुलो हिस्सा ओगटेको छिमेकी भारतले नयाँ कडाइ लागु गरेपछि नेपाली चिया बजार सङ्कटमा पर्ने देखिएको छ। भारतले सन् २०२६ मे १ देखि लागु हुने गरी नेपाली चिया निर्यातमा कडा नियम लागु गरेपछि समस्या उत्पन्न भएको हो। नयाँ व्यवस्था अनुसार अब प्रत्येक गाडीबाट निर्यात हुने चियाको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नुपर्ने छ। यसअघि एउटा सवारी साधनमा लोड गरिएको चिया परीक्षण गर्दा अन्य १० गाडीका चियालाई समेत प्रवेश अनुमति दिइने प्रचलन थियो। तर अब प्रत्येक खेप र प्रत्येक गाडीका लागि छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने भएपछि निर्यात प्रक्रिया झन्झटिलो र खर्चिलो बन्ने भएको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४६ पटक पढिएको
  • एमआरपी समस्या समाधान गर्न नयाँ निर्देशन, स्वघोषणा गरे पुग्ने

    इटहरी ।  आयातित मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तत्कालका लागि जाँचपास सहज बनाउन नयाँ निर्देशन दिएको छ । भन्सार विभागले बुधबारको मितिमा नयाँ निर्देशन जारी गर्दै भन्सार जाँचपास र व्यापार सहजीकरणमा देखिएको जटिलता फुकाउन प्रक्रियागत लचकता अपनाएको हो । नयाँ व्यवस्था अनुसार औद्योगिक कच्चा पदार्थ, मिल मेसिनरी, औजार र फलफूल तथा तरकारीजस्ता शीघ्र नष्ट हुने (पेरिसेवल) वस्तुको हकमा देखिएको प्राविधिक समस्यालाई सम्बोधन गरिएको छ । विभागले आगामी आर्थिक वर्ष २०८३र८४ को आर्थिक ऐनमार्फत यस विषयलाई थप

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]