इटहरी। बर्सौंदेखि जमिन बगेर यातायात अवरुद्ध हुने गरेको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला–राजदुवाली सडकमा राज्यको करोडौँ रुपियाँ खर्च भइरहेको छ ।   पछिल्लो समय यो खण्डमा यातायात बन्द भएको करिब एक महिना भएको छ । यो अवधिमा इलामसहित पाँचथर र ताप्लेजुुङसम्मका सर्वसाधारणले दैनिक उपभोग्य वस्तुु अभाव मात्र होइन, बिरामीले जीवन बचाउनका लागि पनि उत्तिकै सकस खेप्नुु परेको छ । निरन्तर वर्षाले इलाम सदरमुकामतर्फ जाने सबै सडक अवरुद्ध हुँदा उपचारका लागि झापा जानुुपर्ने बिरामीलाई राजदुवालीको पहिरोमा बोकेर पार गराउनुु परेको छ ।  वैकल्पिक सडक सिमल गोलाई–तिल्केनी र केचना कञ्चनजङ्घा दुवै सडक बिचमा पर्ने जोगमाई र पुवाखोलामा बनाइने डाइभर्सन बाढीले निरन्तर बगाइरहँदा इलामसहित पाँचथर र ताप्लेजुुङवासी प्रभावित भइरहेका छन् ।   राजदुवाली खण्डमा सडक मर्मतको काम भएको पनि दशक बितेको छ । यो अवधिमा करोडौँ रुपियाँ यो खण्डको पहिरोसँगै बगिरहेको छ । यो सडकखण्डको मर्मतका लागि २०७२ साल असारमा ‘रड एकरिङ’ का लागि छ करोड ७७ लाख ७८ हजार ३२७ रुपियाँमा ठेक्का लागेको थियो । यो ठेक्का आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म चलेको सडक डिभिजन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि ३०/४० लाखका साना खाले ठेक्का लागेको र त्यसबाट ग्याबिन वाल, ग्राभेल, नालीलगायतका कामका लागि विभागीय बैठकको निर्णय र कार्यालयबाट खर्च भएको पाइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुुभयो । ठुला करोडौँ रुपियाँका ठेक्का हुन् वा साना कुनै पनि काम लागेका छैनन् । गत वर्ष असोज १८ मा आएको वर्षापछि बाढी र पहिरोले यो स्थानमा १२ दिनसम्म यातायात अवरुद्ध भएको थियो । 

अहिले पनि राजदुवालीमा मर्मतको काम भने भइरहेको छ । यातायात अवरुद्ध नै गरेर गरिएको मर्मतको काम अब अन्तिम हुँदै गएको इन्जिनियर घिमिरेले जानकारी दिनुुभयो । घिमिरेले भन्नुुभयो,  यस पटक भने राजदुवाली खण्डका लागि दुुई करोड १४ लाख ९६ हजार ३४१ रुपियाँको ठेक्कामा काम भइरहेको छ । यो पटक खोलाबाट कङ्व्रिmट वाल, ग्याबिन वाल, ड्रिलिङ गरेर पानी भित्रबाट निकाल्ने, सोलिङ, ग्राभेललगायतको काम भइरहेको डिभिजन कार्यालय इलामले जनाएको छ ।  यो खण्डमा जति नै मर्मतको काम गरे पनि खासै भरपर्दो भने नभएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालको भनाइ छ । पौड्यालले भन्नुुभयो,महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख जसबहादुर लुुङ्गेलीले भन्नुुभयो इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्रमुख र प्राविधिकसहितको टोलीले आयोजनाका लागि लगिएको ‘पेनस्टक पाइप’ बाट पानी चुहिएको भेट्टाएको थियो । निरीक्षणका क्रममा पेनस्टक पाइपभित्रको करिब डेढ किलोमिटर दुुरीसम्म निरीक्षण गर्दा दुुई सय मिटर लम्बाइमा धेरै नै ‘क्य्राक’ भएको पाइएको थियो । 

‘क्य्राक’ भेटिएपछि जलविद्युत् आयोजनालाई तत्काल मर्मत गर्न भनिएको र असार १६ गतेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट निर्णयसमेत गरेर मर्मत गर्न पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुुभयो । अहिलेसम्म आयोजनाले पनि मर्मतको कुनै काम अघि भने नबढाएको प्रजिअ ढकालको भनाइ छ ।