इलाम । सरकारी कार्यालयमा कर्मचारीले ‘सिस्टम चलेन’ भन्दै सेवाग्राहीको काम रोकिएको अनुभव धेरैले भोगेका छन्। तर यही प्राविधिक समस्याका कारण सेवाग्राहीले दोब्बर दस्तुर र जरिवाना तिर्नुपरेको गुनासो इलाममा बढ्दै गएको छ। इलामका किस्टु बराई रुट परमिट नवीकरणका लागि आवश्यक शुल्क तिर्न पटक–पटक यातायात व्यवस्था सेवा कार्यालय पुगे। तर कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा नआएका कारण उनले समयमै नवीकरण गर्न सकेनन्। पछि सिस्टम सञ्चालनमा आएपछि भने जरिवानासहित दोब्बर शुल्क तिरेर रुट परमिट नवीकरण गर्न बाध्य भए। बराईका अनुसार रुट परमिटको म्याद साउन १ गते सकिएको थियो। नियमअनुसार म्याद सकिएको १५ दिनभित्र जरिवान
इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एमडी ३२५, नेपाल अन्तर्गतको लायन्स क्लब अफ तरहरा सोशलको आयोजनामा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम बुधबार इटहरीस्थित गोर्खा होटलमा सम्पन्न भएको छ।क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरिया (एमजेएफ) प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन विकास अधिकारी (पीएमजेएफ)ले नयाँ सदस्यहरूलाई लायन्सको इतिहास, उद्देश्य, संरचना, भूमिका र सेवामूलक गतिविधिबारे प्रशिक्षण दिनुभयो । उहाँले लायन्सको मूल मन्त्र “वी सर्भ” लाई व्यवहारमा उतार्न आग्रह गर्
इटहरी : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। बिहीबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण भ्रमणका क्रममा उनले तीव्र गति, ओभरलोड तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने चालकविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिए। उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि प्रभावकारी कारबाही गर्न राडार गन, सिसिटिभी, मापसे र लापसे जाँच किटजस्ता आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए।
मोरङ : मोरङको धनपालथान गाउँपालिका–७ कदमास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।प्रहरीका अनुसार कदमाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मण्डलको टाउको र अनुहारमा चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि मोटरसाइकल चालक धनपालथान–१ नोचाका १७ वर्षीय धीरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गडे
इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्।ग्यास डिलर तथा बिक्री केन्द्रमा सिलिन्डर भर्न र साट्न पुगेका उपभोक्ताले घण्टौं लाइन बस्नुपरेको छ भने धेरै स्थानमा खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था आएको छ। डिलरहरूका अनुसार आपूर्ति अनियमित भएपछि मागअनुसार ग्यास वितरण गर्न नसकिएको हो। केही स्थानमा सीमित परिमाणमा मात्र ग्यास उपलब्ध भएकाले उपभोक्तालाई पालोअनुसार वितरण भइरहेको छ।अचानक ग्यास अभाव भएपछि घरायसी उपभोक्तासँगै होटल, रेस्टुरेन्ट र साना व्यवसायसमेत प्रभावित भएका छन्। कतिपयले वैकल्पिक रूपमा विद्युतीय चुलो वा दाउरा प्रय
धरान । लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–५ का ३५ वर्षीय हिमाल विश्वकर्मालाई आज बिहान करिब ११:१५ बजे अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। उच्च अदालत विराटनगर, धनकुटा इजलासको २०८२ माघ १० गतेको फैसला मुद्दा नं. ०८२–सीएस–०११३ अनुसार विश्वकर्मालाई लागूऔषध मुद्दामा पाँच वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। सजाय भुक्तान गर्न बाँकी रहेपछि उनी फरार रहेका थिए।विशेष खोजतलासका क्रममा पक्राउ परेका विश्वकर्मालाई हाल इलाका प्रहरी कार्यालय
सुनसरी । सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ। समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् भने सम्बन्धित नियामक निकायहरू मौन रहेको गुनासो बढेको छ।जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषि सहकारी तथा बिक्री डिपोहरूमा यतिबेला युरिया र डीएपी मलको अभाव देखिएको छ। धानबालीका लागि अत्यावश्यक रासायनिक मल पाउन कठिन भएपछि किसानहरू समस्यामा परेका छन्। मल खरिदका लागि रातिदेखि वा बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ भने कतिपय स्थानमा विवाद र झडपसमेत हुने गरेको स्थानीयहरू बताउँछन्।इनरुवाका किसान रामदेव मेहताले भने, “धानमा मल हाल्ने मुख
इटहरी। सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ।सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पि
इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूच
इटहरी। तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबारबाट औपचारिक रुपमा सुरु गरिएको हो । आगामी २०८५ साल असोज २५ गतेसम्ममा आयोजनाको सम्पूर्ण कार्य पूरा गरी व्यवसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित सुरुङ खन्ने कार्य औपचारिक रुपमा सुरु गरिएको स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लम्बाइको सुरुङ हाल प्रवेशद्वारबाट खन्ने कार्य सुरु गरिएको छ ।२०५६ सालदेखि अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि २०८१ स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.