समाचार

    Showing १,०८१-१,०९० of १३,३२८ items.
  • यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

    इटहरी।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिनुभयो । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।  कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो । कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ९० पटक पढिएको
  • धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

    इटहरी।  यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय  नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन् ।वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा दुई वर्षमा तीन लाख नौ हजारभन्दा बढी पर्यटक आएका छन् । परियोजनाका अनुसार पहिलो वर्ष एक लाख ७८ हजार र दोस्रो वर्ष एक लाख ३१ हजार पर्यटकले स्काइवाकको अवलोकन गरेका छन् । यसमा करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्वीङजस्ता साहसिक

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ८१ पटक पढिएको
  • मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

    ताप्लेजुङ। ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको दैनिक ६ घण्टा पिकिङ अवधारणामा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो । हालसम्म आयोजनाले ९२.३ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्युतगृहको परीक्षण आगामी पुषमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको हो।व्यावसायिक विद्युत उत्पादनका लागि आवश्यक अधिकांश सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ७२ पटक पढिएको
  • कोशी प्रदेशमा शान्ति–सुरक्षा मजबुत बनाउन सर्वपक्षीय सहयोगको अपेक्षा, बोली र व्यवहार सुधारेर जनविश्वास जित्न प्रहरी परिचालन गरिने

    इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरी प्रतिको जनविश्वास बढाउनुका साथै शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताउनुभएको छ । मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै खनालले ट्राफिक दुर्घटना न्यूनिकरण, सामाजिक संजाल तथा र्साईबर अपराध नियन्त्रण, खुला सिमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र ओसारपोसार अत्यन्त भयावह ढंगले बढिरहेकोले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । डिआइज

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १२५ पटक पढिएको
  • इटहरी उपमहानगर र नोबेल अस्पताल बीच सहकार्य, उपचारमा २० प्रतिशत छुट हुने

    इटहरी । इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., विराटनगरबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ । सम्झौता अनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रिया सहितका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीका नागरिकलाई उपचारमा सहज पहुँच र थप छुटको व्यवस्था गर्न नोबेल मेडिकल कलेजसँग सहकार्य गरिएको बताउनुभयो । नागरिकले उपचारका क्रममा आर्थिक भार कम महसुस गरून् र सहज रूपमा स्व

    • प्रकाशित मितिः साउन २६, २०८३
    • १२२ पटक पढिएको
  • संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै ठेकी र मेलमिलाप पार्क

    इटहरी । तेह्रथुमको बसन्तपुर देखि केही किलोमिटर दूरीमा रहेको सखुवासभाको धर्मदेवी नगरपालिका–३, ओख्रे गाउँ आसपासका दुई पर्यटकीय स्थल संरक्षण र प्रचार–प्रसारको अभावमा जीर्ण बन्दै गएका छन् ।बसन्तपुरबाट सखुवासभातर्फ जाने सडकखण्डमा पर्ने देउराली क्षेत्र नजिकैको गित्रेमा रहेको ठेकी पार्क र खर्कमा रहेको मेलमिलाप पार्क निर्माणका हिसाबले आकर्षक भएपनि उचित संरक्षण र प्रचार–प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्दै गएका हुन् ।स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काउने उद्देश्यले निर्माण गरिएका यी पार्कमा कलात्मक शैलीमा बनाइएका ठेकी, स्तम्भ तथा मानव आकृतिका विभिन्न संरचनाहरू रहेका छन् । तर पार्क निर्माण प

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ८८ पटक पढिएको
  • धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

    इटहरी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्र सिइपिपी को सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा क्षमता विकास तथा तीनवर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आयोजित कार्यशालाको उद्घाटन शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्य तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षतामा भएको हो। साउन २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने कार्यशालामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन समिति

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ९८ पटक पढिएको
  • बराह एग्रो फ्रेस हाउसमा कालो सुँगुरको मासु प्रतिकेजी ४८० रुपैयाँमै

    इटहरी । सुनसरीको इटहरी–२०, तरहरास्थित बराह एग्रो फ्रेस हाउसले शुद्ध, ताजा तथा स्वादिष्ट कालो सुँगुरको मासु प्रतिकेजी ४८० रुपैयाँमा बिक्री गर्दै आएको छ। तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा सञ्चालित इटहरी–१९, अमाहास्थित बराह एग्रो कृषि फर्ममा उत्पादन गरिएको कालो सुँगुरको ताजा मासु फ्रेस हाउसबाट प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु¥याइँदै आएको हो। फर्ममा आफ्नै तयारीको गुणस्तरीय चारा प्रयोग गरी सरसफाइ तथा स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिँदै सुँगुर पालन गरिएको सञ्चालक गुरुङले बताउनुभयो । फर्ममा उत्पादन गरिएको सुँगुरको मासु उपभोक्तालाई स्वच्छ र ताजा रूपमा उपलब्ध गराउन फ्रेस हाउसमा समेत सरसफा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ६८ पटक पढिएको
  • साउथ इण्डियन थिममा प्राइम भिजनका विद्यार्थीले गरे अभिभावकको स्वागत

    इटहरी । प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले सोमबार ‘साउथ इण्डियन थिम’मा आगन्तुक अभिभावक तथा पाहुनालाई स्वागत तथा सत्कार गरेको छ। दक्षिण भारतीय संस्कृति झल्किने गरी कलेज परिसर सजाएका विद्यार्थीहरूले सांस्कृतिक भेषभूषामा सजिएर आगन्तुकलाई स्वागत गरेका थिए । विद्यार्थीहरूले नरिवलमा लस्सी मिसाएर तयार पारिएको विशेष पेय पदार्थबाट पाहुनाको स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले दक्षिण भारतीय परिकार अन्तर्गत इडली, साम्बर, डोसा, भेज बिर्यानी, नरिवलको चट्नी, पुदिनाको चट्नी लगायतका परिकार तयार गरी अभिभावक तथा आगन्तुकलाई पस्किएका थिए । प्रयोगात्मक परीक्षा अन्तर्गत आयोजना गरिएको कार्यक्रममा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ७२ पटक पढिएको
  • वीपी प्रतिष्ठानमा पाँच दिने प्यालियेटिभ एन्ड हस्पिस केयर कार्यशाला सुरु

    धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर सेवा विस्तार गर्ने उद्देश्यले ५ दिने कार्यशाला सुरु गरिएको छ । प्रतिष्ठानमा ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स’ विषयक कार्यशाला सुरु भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिनुभयो । असाध्य तथा दीर्घरोगीका लागि आवश्यक प्यालियेटिभ तथा हस्पिस केयरको पहुँच विस्तार र सेवा सुदृढीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।  नेपाल हस्पिस केयर सेन्टरको आयोजना, वीपी प्रतिष्ठानको स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजन तथा टु वल्र्डस् क्यान्सर कोल्याबोरेसन (क्यान

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]